7 years ago
January 1, 2018
म्याड्रिड (एजेन्सी)– आधा सिजन आइपुग्दा पनि रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डो पूर्ण लयमा देखिएका छैनन् । क्लबले उनीबाट बढी नै आशा गरेको हुन्छ । तर, उनी त्यसमा खरो उत्रन सकेका छैनन् । यसबीचमा क्लबमा नयाँ खेलाडी भित्राउन चर्चा पनि चलिरहेकै छ ।
केहि समययता रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजसँग रोनाल्डोको सम्बन्ध खासै राम्रो छैन । अध्यक्ष पेरेजले बलोन डी’ओर जित्न नेयमार स्पेनिस राजधानी फर्कनु पर्ने सुझाव पनि दिएका थिए । अर्को तर्फ पेरेजले पोर्चुगिज रोनाल्डोलाई बार्सिलोनाले लियोनल मेस्सीलाई गरे जस्तो आकर्षक सम्झौता पनि गरेनन् ।
विश्व फुटबलका सर्वोत्कृष्ट खेलाडी रोनाल्डोले इङ्ल्यान्डमा घर पनि खोजेको बताइएको छ । इङ्ल्यान्डमा छोराका लागि कुनै राम्रो प्राइभेट स्कुल खोजेको बताइएको छ । गत महिना उनले केहि स्कुलको भ्रमण गरेको समेत दाबी गरिएको छ ।
‘मध्य लन्डनमा मिले सम्म घर नभए फ्ल्याट खोजेका छन् ‘, श्रोतले जनायो, ‘निश्चय नै केहि गम्भिर विषय हुनुपर्दछ ।’ म्यानचेस्टर युनाइटेड उनलाई फर्काउनका लागि इच्छुक रहेको कुरा यसअघि नै सर्वजनिक भएको थियो । तर, रियलले सानो सरुवा रकममा भने रोनाल्डोलाई छाड्ने छैन ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]