7 years ago
January 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबलमा गोल मेसिनको उपमा पाएको सावित्रा भण्डारीले सोमबार अर्को कीर्तिमान बनाएकी छिन् । राखेप च्याम्पियनसिप अन्र्तगतको १६ औं महिला राष्ट्रिय फुटबल लिग अन्र्तगतको खेलमा सावित्रा एक्लैले १२ गोल गरेको खेलमा नेपाल एपीएफ क्लबले मध्यपश्चिमलाई २६–० को फराकिलो जित अन्तरले हराएको छ ।
खेलको तेस्रो, १५, १७ औं मिनेटमा गोल गर्दै पहिलो ह्याट्रिक पुरा गरेकी सावित्राले २४, ३४ र ४० औं मिनेटमा गोल थप्दै दोस्रो ह्याट्रिक गरिन् । त्यस्तै ४७, ५२ र ५९ औं मिनेटमा तेस्रो ह्याट्रिक गरेका सावित्राले ६०, ७७ र इन्जुरी समयमा गोल गर्दै चौथो ह्याट्रिक पुरा गरिन् । एपिएफका लागि खेलमा अनिता केसीले ५, अन्जली योन्जनले ४, रेखा पौडेलले २ तथा अनिता बस्नेतले १ गोल थपिन् ।
आजको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चललाई १२–० अन्तरले पराजित ग¥यो । आर्मीको जिता दीपा राईले ५, कप्तान कृष्णा खत्रीले ३ इन्दिरा राईले २ तथा पुजा राना र शर्मिला थापाले समान १ गोल गरिन् । लिग अन्र्तगत मंगलबार पनि दुई खेल हुदैछ । पहिलो खेलमा नेपाल पुलिस र सुदूरपश्चिम तथा दोस्रो खेलमा पूर्वाञ्चल र मध्यमाञ्चलबीच खेल हुनेछ ।
भिडियो
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]