7 years ago
January 1, 2018
लन्डन (एजेन्सी)– टोटेनह्यामका पूर्व स्टार एलान मलेरीको नजरमा ह्यारी केन अहिले विश्वका उत्कृष्ट खेलाडी हुन् र उनको मुल्य ३ सय मिलियन पाउन्ड रहेको बताएका छन् । सन् २०१७ मा केन युरोपका सर्वाधिक गोलकर्ता हुन् ।
उनले बार्सिलोनाका लियोनल मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोलाई समेत पछि पारेका थिए । केनले क्लब र इङ्ल्यान्डका लागि गरि गत वर्ष ५६ गोल गरेका थिए । जसमा दुई लगातार ह्याट्रिक थिए । चलिरहेको ट्रान्सफर सिजनका भर्जिल भान डाइक हालै ७५ मिलियन पाउन्डमा लिभरपुल पुगेका थिए । त्यसै सम्बन्धी प्रतिक्रिया दिँदै मलेरीले केन ३ सय मिलियन पाउन्डको हकदार रहेको बताउँछन् ।
‘सहि समयमा गोल गर्ने उनीमा विजोड क्षमता छ । अहिले भर्जिल ७५ मिलयनमा बिक्री हुन्छन् भने केनको मुल्य कति होला,’ मुलेरेले भने, ‘यदि त्यो रकममा दोब्बर भन्ने हो भने १ सय ५० मिलियन पाउन्ड हुन्छ । तर त्यसलाई बिर्सनुहोस् । त्यो उनका लागि आधा मुल्य मात्र हुनेछ । उनी अहिले युरोपका शीर्ष खेलाडी हुन् ।’
केनमाथि स्पेनिस महारथी रियलले चासो देखाइरहेको छ । तर, इङ्लिस टोलीका सदस्य केन अहिले टोटेनह्याममै खुसी रहेको बताइन्छ । अर्को सिजन टोलीलाई च्याम्पियन्स लिगमा छनोट गराउन केनको भूमिका कस्तो रहन्छ त्यो भने धेरैको चासोमा रहेको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]