7 years ago
January 1, 2018
लन्डन (एजेन्सी)– विश्व फुटबलमा त्यस्ता धेरै शीर्ष खेलाडी छन्, जसको खेल जीवन सोचे अनुरुप अघि बढ्न सकेन । सुरुवातका वर्षमा केही राम्रो गरेर बढी अपेक्षा गरिएपनि विस्तारै ओरालो लागेको फुटबलमा थ्रुपै उदाहरण छन् । तर, विश्व फुटबलमै त्यस्ता केही फुटबल खेलाडी छन् । जसको खेल जीवन ओरालो लागिएको अनुमान गरिएपनि पछिल्ला केहि समययता उनीहरुले खेल जीवनमा उच्च प्रदर्शन गरिरहेका छन् । त्यस्ता चार खेलाडी जसले यो सिजन उच्च प्रदर्शन गरे ।
४. थोमस भेरमालेन
आर्सनलका पूर्व कप्तान समेत रहेका भेरमालेन बार्सिलोनमा भने खासै मौका पाएनन् । उनलाई धेरैले फ्लप स्टारका रुपमा चित्रण गरे । उनी टोलीको सेन्ट्रल ब्याकमा पनि चौथो रोजाइका खेलाडी थिए ।
सामुयल उम्टिटी र जाभियर मास्केरानो चोट ग्रस्त हुँदा भेरमालेनले मौका पाएका थिए । जहाँ उनले प्रभावित पार्ने मौका पाए । एल क्लासिकोमा उच्च प्रदर्शन गरेपछि उनले बार्सिलोनामा अन्ततः नियमति मौका पाउन थालेका छन् ।
३. ज्याक विल्सेरे
लोनमा बोर्नमाउथमा रहँदा गोलिगाँठामा गम्भिर चोट बोकेपछि विल्सेरेको आर्सनलमा भविष्य टुंगिएको अनुमान थियो । तर, २६ वर्षे उनीले सफल पुनरागमन गर्दै आर्सनलमा स्थान बनाउन सफल भए ।
अहिले नियमित रुपमा टोलीमा पर्दै उनले पुरानै खेलाडीका रुपमा आफुलाई प्रस्तुत गर्न सफल भएका छन् । यी मिडफिल्डरले इङ्ल्यान्ड टोलीमा पनि पुनरामगन गरेका छन् ।
२.एस्ले योङ
म्यानचेस्टर युनाइटेडमा योङको खेल जीवन विस्तारै ओझेलमा पर्दै गएको धेरेको अनुमान थियो । लेफ्ट ब्याकको नयाँ भूमिकामा पनि उनीले आफुलाई स्थापित गराउने प्रयास गरेका छन् ।
३२ वर्षे उनीले यो सिजन उच्च प्रदर्शनका साथ टोलीलाई महत्वपूर्ण भूमिका निर्वाध गरिरहेका छन् । वास्तविक स्थान भन्दा अर्को ठाँउबाट खेल्दा पनि प्रभाव जोड्न सफल भएका उनीले टोलीलाई योगदा गरिरहेका छन् ।
१.वायने रुनी
म्यानचेस्टर युनाइटेडमा १३ वर्ष बिताएर एभर्टन फर्केका इङ्ल्यान्डका पूर्व कप्तान रुनीबाट धेरै ठूलो अपेक्षा राखिएको थिएन । तर, उनले धेरैको अनुमान भन्दा विपरित सिजनमा उच्च प्रदर्शन गर्ने क्रममा सबै खाले प्रतियोगितामा गरि ११ गोल गरिसकेका छन् ।
कतिपयले उनले विगतमा भन्दा पनि उच्च प्रदर्शन गरिरहेको र उनीले आफुलाई अझै पनि स्तरीय खेलाडीका रुपमा प्रस्तुत गरेको बताइएका छन् । एभर्टन प्रिमियर लिगको अंक तालिकाको शीर्ष १० भित्र पर्नुमा उनको भूमिका महत्वपूर्ण रहेको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]