default_image

7 years ago

December 31, 2017

म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग रोकियो

31 views

0 Bookmark

लण्डन (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको १८ खेलको विजयी यात्रामा पूर्ण विराम लागेको छ । क्रिस्टल प्यालेसले सिटीलाई आफ्नै घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको थियो ।

खेल आफ्नो नियन्त्रणमा राखे पनि घरेलु टोली क्रिस्टल प्यालेसले खेलको दुई राम्रा अवसर पाएको थियो । खेलको अन्तिम मिनेटमा प्यालेसले पाएको पेनाल्टीलाई सिटीका गोलकिपरले बचाऊ गरेका थिए । त्यस्तै एन्ड्रोस टाउन्सेन्डले १०-यार्ड टाढाबाट आफ्नो प्रहारमा चुकेका थिए ।

सिटीका लागि पहिलो हाफमा ग्याब्रियल जेसस घाइते भएका थिए भने दोस्रो हाफमा केभिन डे ब्रुयन पनि घाइते हुँदै बाहिरिए । यस नतिजासँगै सिटीको १८ खेलको विजयी यात्रामा पूर्ण विराम लागेको छ भने प्यालेसले निकै महत्वपूर्ण १ अंक हांसिल गरेको छ ।

यसैगरी आज प्रिमियर लिगमा आर्सनल वेष्ट ब्रोमसँग पनि भिड्दै छ । वेष्ट ब्रोमको घरेलु मैदानमा खेलिने सो खेल १०.१५ बजे सुरु हुने छ ।

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

October 3, 2024

आयोजक झरना फाइनलमा, लिस्नुको सामना गर्ने

सुमन अधिकारी, बुटवल दोस्रो हाफको सुरुवात सम्म रहेको २–० अग्रता जोगाउन नसक्दा गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ । बिहीवार प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आयोजक झरना स्पोर्टस क्लबसँग ३–२ ले पराजित भएसँगै गोर्खा बाहिरिएको हो । झरना स्पोर्टस क्लबले शनिवार हुने फाइनलमा लिस्नु युवा क्लबको सामना […]

Success

Thank you for your time.