default_image

7 years ago

December 31, 2017

सुमन स्मृति प्रतिष्ठानले हेटौंडा गोल्ड कप फागुनमा गर्ने

49 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा तेस्रो हेटौंडा अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता फागुन पहिलो साताबाट हुने भएको छ । आयोजकले यसअघि गत कात्तिकमा पत्रकार सम्मेलनमार्फत नै प्रतियोगिता पुस ८ गतेबाट १५ गतेसम्म हुने जानकारी गराएको थियो । तर, प्राविधिक कारण प्रतियोगिता फागुनमा सार्नु परेको प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले बताए ।

गत वर्ष त्रिभुवन आर्मी क्लबले उपाधि जितेको थियो । फाइल तस्बिर

तेस्रो संस्करणको प्रतियोगिता अब फागुन ५ गतेबाट १२ गतेसम्म हेटौंडामा हुने भएको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका टोली र अन्य टोलीको सहभागिता रहने बताइएको छ । प्रतियोगिता यसअघि जस्तै हेटौंडाको वन विज्ञान सस्थानको मैदानमा हुने बताइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष खड्गीले प्रतियोगितामा ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी, रुस्लान थ्री स्टार, नेपाल एपिएफको सहभागिता रहनेछ । त्यस्तै हेटौंडाको विजय युथ, सुदूरपश्चिम ११, झापा ११ र पोखराको सहारा क्लबले पनि प्रतियोगितामा भाग लिनेछन् ।


आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका पदाधिकारी ।

प्रतियोगितामा कुल ६० लाख लागत लाग्ने अनुमान रहेको बताउँदै उनले प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई १० हजार र म्यान अफ द म्याचमा ५ हजारको पुरस्कार दिइने बताए । प्रतिष्ठानले आउँदो पुस २५ र २६ गते हेटौंडामा खेलकुद पत्रकारिता तालिम आयोजना गर्ने पनि सोही अवसरमा जानकारी दिइयो ।

२०७२ वैशाख १२ को विनाकारी भूकम्पमा परि ज्यान गुमाएका खेलकुद पत्रकार सुमन भोम्जनको नाममा प्रतिष्ठान स्थापना गरिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाका सस्थापक अध्यक्ष समेत रहेका भोम्जन हेटौडामा जन्मेर खेलकुद पत्रकारितामा सक्रिय भएका थिए । गोरखापत्रमा कार्यरत हुँदा उनको मृत्यु भएको थियो ।

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

September 28, 2024

झरना रनिङशिल्ड फुटबल प्रतियोगिता स्थगित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित भएको छ । लगातार भएको बर्षाले प्रतियोगिता भैरहेको कुन्जलापुरस्थित फुटबल मैदानमा पानी जमेकोले २ दिनका खेल सञ्चालन हुन सकेका छैन । ‘लगातारको झरिका कारण मैदान पानीले भरिएको छ खेल खेलाउन सकिएको छैन’ आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलले भने । शुक्रबार रोकिएको […]

Success

Thank you for your time.