7 years ago
January 1, 2018
म्यानचेस्टर (एजेन्सी)– चोटका कारण स्ट्राइार रोमेलु लुकाकुले क्लबका आउने दुई खेल गुमाउने म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले बताएका छन् । साउथह्याम्पटनसँग गए राती गोलरहित बराबरी खेलेको खेलमा बेल्जियन फरवार्ड चोटग्रस्त भएका थिए ।
एभर्टनबाट ७५ मिलियन पाउन्डमा एभर्टनबाट यो सिजन युनाइटेड पुगेका लुकाकुले पछिल्लो खेल १० मिनेट खेल्न पाए । वेस्ले होएटसँग टाउँको जुध्दा उनी घाइते भएका थिए । तत्काल उनको ठाँउमा मार्कोस रासफोर्डलाई मैदान प्रवेश गराइएको थियो ।
प्रिमियर लिगमा लगातार तेस्रो बराबरीपछि प्रशिक्षक माउरिन्होले भने, ‘धेरै खराब समाचार नभएपनि लुकाकुले आउने २ खेल गुमाउने निश्चित छ । लुकाकुले प्रिमियर लिगमा एभटर्न र एफएक कपमा डर्बी काउन्टीसँगको खेल गुमाउनेछन् ।’
लुकाकुले सबै प्रतियोगितामा गरि युनाइटेडका लागि १५ गोल गरिसकेका छन् । केहि खेलमा टोलीमा स्ट्राइकरको अभाव हुने भएको छ । ज्लाटान इब्राहिमोभिच अर्को महिना मात्र फर्कने अपेक्षा गरिएको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]