7 years ago
December 30, 2017
लिभरपुल (एजेन्सी) – प्रिमियर लिगको बलियो टोली लिभरपुलले लेस्टर सिटीलाई २-१ ले हराएको छ । लिभरपुलको जितमा फरवार्ड मोहम्मद सालाहले दुई गोल गरे ।
खेलको तेस्रो मिनेटमै लेस्टर सिटीका जेमि भार्डिले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको खेलको ५२ औं तथा ७६ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।
यी गोल सालाहको प्रिमियर लिगको १६ औं र १७ औं गोल पनि थिए । यस जितसँगै लिभरपुल तालिकाको चौथो स्थानमा यथावत् छ भने लेस्टर पनि आठौं स्थानमा यथावत् रहेको छ ।
त्यस्तै साविक विजेता चेल्सीले भने स्टोक सिटीमाथि ५-० को शानदार जित हांसिल गर्न सफल भयो । चेल्सीका लागि पहिलो हाफमा एन्टोनियो रुडिगर, ड्यानियल ड्रिन्कवाटर र पेड्रोले गोल गरेका थिए ।
त्यस्तै विलियन र डेभिड जापाकोस्टाले दोस्रो हाफमा गोल गर्दै ३ अंक आफ्नो पक्ष्यमा पारेका थिए । यस जितसँगै चेल्सी युनाइटेडलाई उछिन्दै दोस्रो स्थानमा उक्लेको छ । युनाइटेड केहि बेरमा साउथह्याम्पटनसँग भिड्दै छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेडले भने साउथह्याम्पटनसँग गोलरहित बराबरी खेलेको छ । यस नतिजासँगै युनाइटेड तालिकाको तेस्रो स्थानमा खसेको छ ।
प्रिमियर लिगका अन्य खेलहरुको नतिजा:
बोर्नमथ २-१ एभर्टन
हडर्सफिल्ड ०-० बर्नली
न्युकासल ०-० ब्राइटन
वाटफोर्ड १-२ स्वान्सी
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]