7 years ago
December 30, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज साउथह्याम्पटनसँग भिड्दै छ । युनाइटेडको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार राती ११.१५ बजे सुरु हुने छ ।
घरेलु टोली युनाइटेडका लागि मुख्य डिफेन्डर क्रिस स्मलिङ र एरिक बाई घाइते रहेकाले भिक्टर लिन्डेलफले फिल जोन्ससँग डिफेन्स सम्हाल्ने छन् । त्यस्तै साउथह्याम्पटनका लागि पनि डिफेन्डरद्वय सेड्रिक स्वारेस र रायन बर्ट्रान्ड घाइते छन् ।
लिगको आफ्नो पछिल्लो खेलमा युनाइटेडले बर्नलीसँग २-२ को बराबरी खेलेको थियो भने साउथह्याम्पटन टोटनह्यामसँग ५-० ले पराजित भएको थियो ।
त्यस्तै अर्को बलियो टोली चेल्सी ८.४५ बजे स्टोक सिटीको सामना गर्ने छ । स्टोकका लागि मुख्य डिफेन्डरहरु घाइते छन् र चेल्सीबाटै लोनमा रहेका कर्ट जुमा खेलमा सहभागी हुने छैनन् । त्यस्तै चेल्सीका लागि आन्द्रेस क्रिस्टेन्सन घाइते छन् ।
हाल चेल्सी तेस्रो स्थानमा छ भने स्टोक सिटी १३ औं स्थानमा रहेको छ । त्यस्तै लिभरपुल पनि लेस्टर सिटीसँग रातिको ८.४५ बजे सुरु हुने खेलमै भिड्दै छ ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]