7 years ago
December 29, 2017
लन्डन (एजेन्सी)– रियल म्याड्रिड तथा ब्राजिलका लेजेन्ड स्ट्राइकर रोनाल्डोले लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्होलाई बार्सिलोना नजान सुझाव दिएका छन् ।
बार्सिलोनाले समर ट्रान्सफर विन्डोदेखि पटक पटक कौटिन्होलाई भित्राउने प्रयास गरेपनि लिभरपुलले स्पेनिस क्लबको प्रस्ताव अस्वीकार गर्दै आएको छ । २५ वर्षे ब्राजिलियन मिडफिल्डरले सार्वजनिक रूपमा बार्सिलोना जाने इच्छा लिभरपुल सामु राखेपनि क्लब उनलाई कुनै पनि हालतमा गुमाउने पक्षमा छैन ।
जनवरी ट्रान्सफर नजिकिदै गर्दा बार्सिलोनाले फेरि अर्को प्रयास गर्ने निश्चित रहँदा ब्राजिलका महान खेलाडी रोनाल्डोले कौटिन्होलाई बार्सिलोना नजान सुझाव दिएका हुन् । एस्पोर्टे इन्टराटिभोसँगको अन्तर्वार्तामा रोनाल्डोले बार्सिलोनामा ब्राजिलियन खेलाडीलाई राम्रो व्यवहार नहुने तर रियलमा सम्मानजनक व्यवहार पाउने बताए ।
‘बार्सिलोनामा राम्रो प्रदर्शन गरेपनि म रियलमा धेरै खुशी थिए ‘, बार्सिलोना र रियल दुवै क्लबबाट खेलेका ४१ वर्षे रोनाल्डोले भने , ‘बार्सिलोनामा ब्राजिलियन खेलाडीलाई जहिलै नराम्रो व्यवहार गरिन्छ । नेयमार , रोनाल्डिन्हो, रोमारियो र म आफै यसको उदाहरण छौं । हामीले जति राम्रो खेलेपनि अन्त्यमा जहिलै नराम्रो व्यवहार हुन्थ्यो ।’
बार्सिलोनासँग १ सिजन मात्र बिताएका रोनाल्डो निकै प्रभावकारी रहे । उनले बार्सिलोनाबाट ३७ खेलमा ३४ गोल गरेपछि इन्टर मिलान हुँदै पुनः रियल पुगेका थिए । रियलमा पाँच वर्ष रहँदा उनले १ सय २७ खेलमा ८३ गोल गरेका थिए ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]