default_image

7 years ago

December 29, 2017

विमल र अनन्त रुस्लान थ्री स्टारसँग आबद्ध

66 views

0 Bookmark

दिपेन्द्र पोखरेल
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार खेलाडीद्वय विमल घर्ती मगर र अनन्त तामाङ केहि दिनअघि रुस्लान थ्री स्टार क्लबसँग आबद्ध भएका छन् । अर्को साताबाट धनगढीमा सुरु हुने नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामार्फत थ्री स्टार एक वर्ष भन्दा लामो समयपछि घरेलु फुटबलमा पुनरागमन गर्दैछ । खप्तड गोल्ड कप पुस २१ गते बाट सुरु हुँदैछ ।
wiman Anant

राष्ट्रिय टोलीका नियमित सदस्य विमल र अनन्तले थ्री स्टारसँग ६ महिनाको सम्झौता गरेका छन् । ‘थ्री स्टारसँग जोडिन पाउँदा निकै नै खुशी छु’ , विमलले हाम्रो खेलकुद डट कमलाई भने , ‘अहिले ६ महिनाको लागि सम्झौता गरेका छौं । पछि थपिन पनि सकिन्छ । विभिन्न उमेर समूह नेपाली टोलीको कप्तानी समेत गरिसकेका विमलले भने, थ्री स्टारलाई धेरै भन्दा धेरै उपाधि जिताउने लक्ष्य छ ।’

मोफसलका विभिन्न प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी लगायतका क्लबबाट खेलेका अनन्त पनि सम्झौताबाट उत्साहित छन् । ‘थ्री स्टारबाट पहिलो पटक खेल्न लागेको छु । यसमा उत्साहित छु ‘,अनन्तले भने , ‘हरेक खेलाडी आफ्नो क्लबलाई उपाधि जिताउन दृढ हुन्छन् , म पनि दृढ छु ।’

एन्फा एकेडेमीका उत्पादन रक्षक अनन्त र स्ट्राइकर विमलले युरोपमा समेत प्रशिक्षण गर्ने अवसर पाइसकेका छन् । विमलको कप्तानीमा नेपालले दुई वर्षअघि साफ यू १९ फुटबल च्याम्पियनसिपको उपाधि जित्दा अनन्त पनि टोलीका महत्वपूर्ण सदस्य थिए । त्यसपछि बंगलादेशमा बंगबन्धु गोल्ड कप, नेपाली यू २३ ले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा र गत वर्ष एएफसी सोलिडारिटी कप जित्दा विमल र अनन्त दुवै टोलीको महत्वपूर्ण सदस्य थिए ।

ए डिभिजन लिगलाई लक्षित गर्दै विमल र अनन्तसँग सम्झौता गरेको जनाउँदै थ्री स्टारका कार्यवहाक अध्यक्ष अरुणमान जोशीले भने, ‘अब लिगको टुंगो नलागेपनि हामीले विमल र अनन्तसँग सम्झौता गरेका छौं । उनीहरुको आगमनपछि टोली थप मजबुद हुने विश्वास लिएका छौं ।’

विमलले यसअघि थ्री स्टारबाट भारतमा एक नकआउट प्रतियोगिता खेलिसकेका छने भने अनन्तले खप्तडबाट थ्री स्टारबाट डेब्यू गर्नेछन् । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खप्तडका लागि सुदूरपश्चिम जानुअघि खेलाडीको अन्तिम छनोट गरिने जानकारी दिए । खप्तडलाई लक्षित गर्दै थ्री स्टारले गत महिनाको अन्त्यबाट प्रशिक्षण थालेको थियो ।

 

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.