7 years ago
December 29, 2017
दिपक बोहोरा
पाँचथर– मोरङ ११ नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । साविक विजेता झापाको विर्ता युनाइटेडलाई सडन डेथमा हराउँदै मोरङ उपाधि नजिक पुगेको हो । मोरङ ६–५ ले विजयी भएको थियो । आइतबार हुने फाइनलमा मोरङले सुनसरी ११ को सामना गर्नेछ । अघिल्लो दिन अग्नी रुपन्देही ११ लाई हराउँदै सुनसरी फाइनल पुगेको थियो ।
फिदिम माविमा आज भएको दोस्रो तथा अन्तिम सेमिफाइनलको निर्धारित समयमा १–१ को बराबरीपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पनि ५–५ को बराबरीपछि सडन डेथमा खेलको निर्णय भएको थियो । सडन डेथमा मोरङका सुरेन्द्र खवासले गोल गरे । विर्ताका आशिष चापागाईको प्रहारलाई मोरङका गोलकिपर सूर्य अधिकारीले रोकेका थिए ।
पेनाल्टी सुटआउटमा मोरङका लागि अभिषेक लिम्बु,मिक्सेन तामाङ,बुद्धिमान राइ,अशोक खवास र मिन धिमालले गोल गरे । त्यस्तै विर्ताका लागि योगेश गुरुङ,सुमित मैनाली,दिलेन लोक्ताम,बिकि चौधरी र कर्ण लिम्बुले गोल गरे ।
खेलमा लिएको अग्रता जोगाउन नसक्दा उपाधि जोगाउने विर्ताको योजना असफल भएको छ । २४ औं मिनेटमा कर्ण लिम्बुको गोलबाट विर्ताले अग्रता लिएको थियो । योगेश गुरुङको पासमा कर्णले गोल गरेका थिए । खेल सकिन ९ मिनेट बाँकी रहँदा मोरङका अशोक खवासले गोल गर्दै खेलमा बराबरी पुर्याएका थिए ।
विर्ताले पटक पटक गोलको अवसर पाएर पनि गोल गर्न सकेन । झापाले पटक पटक पाएका अवसरहरु गुमाउदा पराजित हुन पुग्यो । २० औं मिनेटमा कर्णको प्रहारलाई गोलकिपर सूर्यले राके भने २८ औं मिनेट विशाल राईले मौका खेर फाले । ४२ औं मिनेटमा अर्को मौकामा पनि कर्ण चुके । ६४ औं मिनेटमा विशालको शसक्त प्रहारलाई सूर्यले छेकेका थिए भने ६८ औं मिनेटमा उनकै प्रहार पोष्टको केहि माथिबाट बाहिरिएको थियो । खेलको चौथो मिनेटमा मोरङका सन्तोष न्यौपानेले पनि मौका खेर फालेका थिए ।
विर्ताका प्रशिक्षक टेकराज तेलिङले सुरुवातमा लिएको अग्रता जोगाउन नसक्दा र पाएका अन्य अवसर सदुपयोग गर्न नसक्दा हारेको बताए । मोरङका प्रशिक्षक मनीष तिमल्सिनाले सामूहिक प्रदर्शनबाट टोलीलाई सफलता मिलेको बताए ।
म्यान अफ दी म्याच घोषित भएका मोरङका अशोक खवासले १० हजार रुपैयाँ प्राप्त गरे । फाल्गुनन्द गोल्ड कपको विजेताले उपाधि सहित ३ लाख, दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सवोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक , मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १० हजार रुपैयाँ पाउनेछन् ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]