7 years ago
December 29, 2017
न्यू यर्क (फर्ब्स) – फर्ब्सले सार्वजनिक गरेको सर्वाधिक कमाउने ल्याटिनो सेलिब्रेटीहरुको शिर्ष १० को सूचीमा लियोनल मेस्सीले अग्रस्थान हासिल गरेका छन् । उक्त सूचीमा ६ खेलाडी पर्न सफल भएका छन् , जस्मद्धे २ फुटबलर , १ बास्केटबल खेलाडी र ३ एमएलएसका खेलाडी छन् ।
ल्याटिनो भन्नाले ल्याटिन अमेरिकीलाई भन्ने गरिन्छ । मुख्यतः स्पेनिस बोल्ने जनसंख्या यस वर्गमा पर्दछन् तर यूरोपेली स्पेनिस भाषा अंगालेका भने यस वर्गमा अटाउँदैनन् ।
फर्ब्सले प्रकाशित गरेको सर्वाधिक कमाउने ल्याटिनो सेलिब्रेटीको सूचीमा लियोनल मेस्सी शिर्ष स्थानमा छन् । फर्ब्सका अनुसार २०१७ मा उनले ८० मिलियन अमेरिकी डलर कमाएका हुन् । त्यस्तै ब्राजिलियन फरवार्ड नेयमार सूचीको पाँचौ स्थानमा अटाएका हुन् । उनको कमाइ फर्ब्सले ३७ मिलियन तोकेको छ ।
त्यस्तै अमेरिकी बास्केटबल खेलाडी कार्मेलो एन्थोनी ३२.५ मिलियन सहित सातौ स्थानमा छन् । बेसबल खेलाडी मिगुएल क्याब्रेरा (३०.३ मिलियन) , अल्बर्ट पुजोल्स(२७.३) र रबिन्सन कानो(२६.६) क्रमशः आठ , नौं र दश स्थानमा छन् ।
सूचीमा अटाएका अन्य सेलिब्रेटीमा पाँचौ स्थानमा जेनिफर लोपेज , चौथौंमा ब्रुनो मार्स , तेस्रोमा अभिनेत्री सोफिया भर्गारा र दोस्रोमा हास्य कलाकार लुइस सिके हुन् ।अर्की परिचित पप गायिका सेलिना गोमेज भने २५ मिलियन कमाएपनि शिर्ष १० मा अटेकी छैनन् ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]