7 years ago
December 28, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत आज राति तालिकाको छैटौं स्थानमा रहेको आर्सनलले १६ औं स्थानमा रहेको क्रिस्टल प्यालेसको सामना गर्ने छ । क्रिस्टल प्यालेसको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.४५ बजे सुरु हुने छ ।
१६ खेलमा ३४ अंकसहित तालिकाको छैटौंमा रहेको आर्सनल अहिले खराब लयबाट गुज्रिरहेको छ । अर्कोतर्फ क्रिस्टल प्यालेस भने निकै खराब सुरुवातलाई पछि राख्दै केहि सुधारिएको प्रदर्शन गर्दै छ ।
आर्सनलका लागि यस खेलमा स्ट्राइकर ओलिभर जिरुड र मिडफिल्डर आरोन राम्जी घाइते छन् । त्यस्तै ज्याक विलसेरले आज टोलीमा स्थान बनाउने सम्भावना रहेको छ । पछिल्लो खेलमा आर्सनलले लिभरपुलसँग ३-३ को बराबरी खेलेको थियो ।
त्यस्तै स्वान्सीसँग १-१ को बराबरी खेलेको क्रिस्टल प्यालेसका स्ट्राइकर क्रिस्टियन बेन्टेके प्रतिबन्धपछि टोलीमा फर्किँदै छन् । क्रिस्टल प्यालेस प्रिमियर लिगको पछिल्ला ८ खेलमा पराजित भएको छैन । त्यस्तै आर्सनलसँगको पछिल्लो भिडन्तमा प्यालेसले उसलाई ३-० ले हराउन सफल भएको थियो ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]