7 years ago
December 28, 2017
दिपक बोहोरा
पाँचथर– सुनसरी ११ फिदिममा जारी नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अग्नी रुपन्देही ११ लाई आज ३–१ ले हराउँदै सुनसरी उपाधि नजिक पुगेको हो । सुनसरीले आइतबार हुने फाइनलमा साविक विजेता विर्ता युनाइटेड वा मोरङसँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल भोली हुनेछ ।
फिदिम माविमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा सुनसनरीले १४ औं मिनेटमा तीर्थ बस्नेतको गोलबाट अग्रता लिएको थियो । विपक्षीको कमजोर रक्षापक्तिको फाइदा उठाउँदै तीर्थले गोल गरेका हुन् । ७३ औं मिनेटमा सौजन याख्खाले गोल गर्दै अन्तरलाई दोब्बर पारे ।
हेमन्त थापाको पासमा सौजनले गोल गरेका हुन् । खेल सकिन ८ मिनेट बाँकी रहँदा हेमन्त आफैले गोल गर्दै अग्रतालाई थप फराकिलो पारे । इन्जुरी समयमा रुपन्देहीका छिरिङ गुरुङले गोल गरे पनि त्यो सान्त्वनामा मात्र सिमित रह्यो । ९ गोल गरिसकेको सुनसरीले प्रतियोगितामा खाएको त्यो पहिलो गोल हो ।
सुनसरीका प्रशिक्षक श्याम मानन्धरले रक्षात्मक खेल्दै काउन्टर एट्याकमा गोल गर्ने रणनीति सफल भएको बताए । रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले खेलाडीमा तालमेल नमिल्दा हार्नु परेको बताए । सुनसरीका बिष्णु सुनुबार म्यान अफ दि म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
फाल्गुनन्द गोल्ड कपको विजेताले उपाधि सहित ३ लाख, दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सवोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक , मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १० हजार रुपैयाँ पाउनेछन् ।
फाल्गुनन्द गोल्ड कपमा शुक्रबार दोस्रो सेमिफाइनल
विर्ता युनाइटेडविरुद्ध मोरङ ११
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]