default_image

7 years ago

December 28, 2017

विश्व कीर्तिमानी रकममा भ्यान डाइक लिभरपुल भित्रिने

39 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – जनवरी ट्रान्सफर विन्डो सुरु हुन लाग्दै गर्दा इङ्लिस क्लब लिभरपुलले साउथह्याम्टनबाट २६ वर्षीय डिफेन्डर भर्जिल भ्यान डाइक खरिद गर्ने आधारिक खबर सार्वजनिक गरेको छ ।

DDjik

जनवरी १ मा विन्डो खुले लगतै डच सेन्टर ब्याक भ्यान डाइक लिभरपुलका खेलाडी बन्ने छन् । समर विन्डोदेखि नै उनलाई खरिद गर्न प्रयासरत लिभरपुल साउथह्याम्टनलाई ७५ मिलियन पाउन्ड तिर्ने सम्झौतामा पुगेको हो । यसले उनलाई विश्वको सबै भन्दा महंगो डिफेन्डर बनाउने छ ।

यसअघि म्यानचेस्टर सिटीले टोटेनह्यामबाट कायल वाल्करलाई किन्दा खर्चिएको ५४ मिलियन कुनै पनि डिफेन्डरमा लगानी गरिएको सबै भन्दा धेरै रकम थियो ।

‘लिभरपुलको खेलाडी बन्न पाउँदा गौरवान्वित महसुस गरेको छु । आज म र मेरो परिवारको लागि गर्वको दिन हो । विश्वको राम्रो क्लब मध्ये एकसँग आबद्ध हुन् पाउनु मेरो लागि खुशीको कुरा हो।’ , भ्यान डाइक ट्विटर मार्फत बताए ।

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

September 28, 2024

झरना रनिङशिल्ड फुटबल प्रतियोगिता स्थगित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित भएको छ । लगातार भएको बर्षाले प्रतियोगिता भैरहेको कुन्जलापुरस्थित फुटबल मैदानमा पानी जमेकोले २ दिनका खेल सञ्चालन हुन सकेका छैन । ‘लगातारको झरिका कारण मैदान पानीले भरिएको छ खेल खेलाउन सकिएको छैन’ आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलले भने । शुक्रबार रोकिएको […]

Success

Thank you for your time.