7 years ago
December 27, 2017
लन्डन (एजेन्सी)– प्रिमियर लिगमा २ सय गोल गर्ने दोस्रो खेलाडी बनेका एभर्टनका स्ट्राइकर वायन रुनीले गोललाई लक्षित गरेर कुनै मापदण्ड तय नगरेको बताएका छन् । यो सिजन म्यानचेस्टर सिटीविरुद्ध गोल गर्दै २ सय गोल पुरा गरेका म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रुनीले क्याडबरी माइलस्टोन अवार्ड प्राप्त गरेका छन् ।
एलान शेरेर (२६० गोल) मात्र रुनी भन्दा अगाडि रहेका छन् । ‘मैले साच्चै कहिले पनि त्यस्तो लक्ष्य तय गरेको छैन,’ २ सय ८ प्रिमियर गोल गरिसकेका रुनीले भने, ‘मैले आफ्नो खेललाई निरन्तरता दिँदै आएँ, गोलका लागि प्रयास गरेँ र खेल जित्नका लागि सहयोगी बनेँ ।’
उनले भविष्यमा गोलका अन्य कुनै कोसेढुंगा पुरा हुन सके त्यो खुसीको विषय हुने बताएका छन् । इङ्ल्यान्डका पूर्व कप्तान समेत रहेका उनले भने ‘गोल गर्दै गएँ र अर्को कुनै कोसेढुङ्गा छुन सके के त्यो मेरो र एभर्टनका लागि उत्कृष्ट हुनेछ । ’ एभर्टनबाट खेल जीवनको सुरुआत गरेका रुनी १३ वर्ष युनाइटेडमा बिताएर यो सिजनको सुरुआतमा पुनः एभर्टन फर्केका थिए
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]