default_image

7 years ago

December 26, 2017

केनको ह्याट्रिक, तोडे मेस्सी र शेयररको रेकर्ड

93 views

0 Bookmark

लण्डन (एजेन्सी) – टोटनह्यामका स्ट्राइकर ह्यारी केनले एकै क्यालेन्डर वर्षमा सर्वाधिक गोल गर्ने नयाँ प्रिमियर लिग रेकर्ड बनाएका छन् । त्यस्तै यस वर्ष युरोपको सर्वाधिक गोल गर्ने रेकर्ड पनि उनले आफ्नो नाममा पारेका छन् ।

सन् १९९५ मा ४२ खेल खेल्दै न्युकासलका पूर्व स्ट्राइकर एलेन शेयररलेले ३६ गोल गरेका थिए जुन रेकर्ड अहिलेसम्म कायम थियो । ह्यारी केनले आजको साउथह्याम्पटनसँगको खेलमा तीन गोल गर्दै यस वर्षका लागि प्रिमियर लिगमा आफ्नो गोल सङ्ख्या ३९ पुर्‍याएका हुन् ।

युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने रेकर्ड पनि केनले तोडेका छन् । यस वर्ष सबै प्रतियोगितामा केनको ५६ गोल छ । त्यस्तै लियोनल मेस्सीको ५४ गोल छ र उनी दोस्रो स्थानमा छन् र क्रिस्टियानो रोनाल्डोको यस वर्ष ५३ गोल रहेको छ ।

टोटनह्यामले साउथह्याम्पटनलाई ५-२ ले हराउँदै तालिकाको चौथो स्थानमा पनि उक्लेको छ । टोटनह्यामका लागि अन्य गोल सन हिउङ-मिन र डेले अल्लीले गरे भने सोफियन बुफक र डुसान टाडिचले पनि भ्रमणकारी टोलीका लागि गोल गरेका थिए ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.