default_image

7 years ago

December 26, 2017

अग्नी रुपन्देही फाल्गुनन्द गोल्ड कपको सेमिफाइनलमा

81 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर– अग्नी रुपन्देही ११ फिदिममा जारी नवौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको खर्साङ फुटबल क्लब दार्जिलिङलाई ३–१ ले हराउँदै रुपन्देही अन्तिम चारमा पुगेको हो । अग्नी रुपन्देहीले फाइनल प्रवेशका लागि शुक्रबार सुनसनरी ११ को सामना गर्नेछ ।

रुपन्देहीको जितमा रजिन सुब्बाले २ र सुनिल खड्काले १ गोल गरे । १९ औं मिनेटमा सुनिलको गोलबाट रुपन्देहीले अग्रता लिएको थियो । खर्साङका गोलकिपर अगाडि बढेको अवस्थामा खाली पोष्टमा सुनिलले गोल गरेका थिए । रजिनले २९ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारे । सुनिलको क्रसमा रजिनले हेडमार्फत गोल गरेका थिए ।

खेलको ३५ औं मिनेटमा खर्साङका प्रशान्त गुरुङले कर्नरबाट आएको बलमा गोल गर्दै अग्रतालाई कम गराए । तर ६३ औं मिनेटमा सुनिलले गोल गरेपछि रुपन्देही खेल जित्दै अघि बढेको थियो । पहिलो हाफमा प्राप्त केहि मौका गुमाउँदा पाहुना टोली पहिलो खेलबाट घर फर्केको छ ।

रुपन्देहीका कप्तान दीलिप क्षेत्रले खेल जिते पनि टोलीले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको बताए । खर्साङका प्रशिक्षक अबिन क्षेत्रीले अवसर सदुपयोग गर्न नसक्दा हार्नु परेको जनाए । रुपन्देहीका छिरिङ गुरुङ म्यान अफ दि म्यान अफ दि म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

फिदिम स्पोर्टस क्लबले आयोजना गरेको फाल्गुनन्द गोल्ड कपको विजेताले उपाधि सहित ३ लाख, दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सवोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक , मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १० हजार रुपैयाँ पाउनेछन् ।

फाल्गुनन्द गोल्डकपमा बुधबार हुने खेल
त्रिभुवन आर्मीविरुद्ध मोरङ ११

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.