7 years ago
December 26, 2017
बार्सिलोना (एजेन्सी) – रियल म्याड्रिडविरुद्ध शनिबारको एल क्लासिकोमा बार्सिलोनाको प्रभावशाली जितमा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीको भूमिका महत्वपूर्ण रह्यो । पेनाल्टी मार्फत गोल गरेका मेस्सीको अर्को गोलमा भूमिका रह्यो ।
स्पेनिस संचार माध्यम एल परियोडिकोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लियोनल मेस्सीले खेलको ८३.१ प्रतिशत समय हिडेर बिताए । त्यस्तै अन्य १० प्रतिशत समय उनी हल्का रुपमा कुदे । ४.९५ प्रतिशत समय भने उनि दौडिए र जम्मा १.१५ प्रतिशत समयमात्र उनी उच्च गतिमा दौडिएको देखियो ।
एल परियोडिकोले मेस्सीलाई ९० मिनेटसम्म विश्लेषण गरेको थियो । यस सिजन लियोनल मेस्सी बार्सिलोनाका एकमात्र आउटफिल्ड खेलाडी हुन् जसले ला लिगाको हरेक मिनेट मैदानमा बिताएका छन् ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]