7 years ago
December 26, 2017
नेपालगन्ज (हाम्रो खेलकुद)– भोजराज शाहीको अध्यक्षतामा १३ सदस्यीय बाँके जिल्ला फुटबल संघको कार्यसमिति निर्विरोध चयन भएको छ । शाही यसअघि पनि अध्यक्ष थिए । हिजो सम्पन्न साधारण सभाले तीन उपाध्यक्षमा निजामुद्दित सिद्दिकी, नागिन देवी श्रेष्ठ, मोहनसिंह थापा मगरलाई चयन गरेको छ ।
जिल्ला संघको सदस्यमा गोबर्धन सिंह सम्झना, प्रदेश सिंह राठौर,सानु तामाङ, चिम बहादुर घर्ति, केशव बहादुर राना, कृपाल देव गिरि, दिप बहादुर महतारा, जनक के सी र टोपेन्द्र खत्री छन् ।
शाहीको नेतृत्वमा जिल्ला संघले पछिल्लो दुई वर्ष नेपालगन्ज गोल्ड कपको आयोजना गरेको थियो । शाहीले एन्फाका केन्द्रिको क्यालेन्डरमा भएका कार्यक्रमबाहेक नेपालगन्ज गोल्ड कप र ग्रासरुट फुटबल विकासका लागि दुई वटा उमेर समूहको मेयर कप आयोजना गर्ने जानकारी दिए ।
‘झन्डै ३ दशक देखि रोकिएको गोल्ड कप हामी आएपछि सुरु गरेका थियौं । त्यसलाई निरन्तरता दिने नै छौं, ‘उनले भने, ‘त्यसबाहेक १२ वर्ष मूनी र १६ वर्ष मूनीको अलग अलग मेयर कप गर्ने योजनामा छौं । यसका लागि नेपालगन्ज उप महानगरपालिकासँग छलफल भइरहको छ । सम्भव भएसम्म यो वर्षबाटै सुरु गर्नेछौं ।’
अध्यक्ष शाहीले एकेडेमीलाई पनि अघि बढाउने योजना रहेको सुनाए । ‘अहिले नियमित प्रशिक्षण दिने गरि एकेडेमी सुरु गर्ने सोचमा छौं , उनले भने, ‘हामीले आवास वा अध्ययन समेत नभइ खाली फुटबल प्रशिक्षणको व्यवस्था मिलाउने गरि एकेडेमी सञ्चालन गर्ने विषयमा छलफल अघि बढाएका छौं । ‘
चैतमा हुने एन्फाको केन्द्रिय निर्वाचन अघि जिल्लाका निर्वाचन भइरहेका छन् । एन्फाले जिल्लालाई पुस ५ देखि माघ ५ गते भित्र निर्वाचन गरिसक्ने निर्देशन दिएको छ । एन्फाको केन्द्रिय समितिको निर्वाचन चैत १४ गते हुने भएको छ ।
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]
February 4, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]