7 years ago
December 25, 2017
म्याड्रिड (एजेन्सी) – एल क्लासिकोमा पराजयसँगै ला लिगामा चौथो स्थानमा रहेको रियल म्याड्रिडको शीर्ष स्थानको बार्सिलोनासँगको अन्तर १४ अंकमा बढेको छ । यो पराजयसँगै रियलको उपाधि रक्षा गर्ने सम्भावना टुंगियो देखिन्छ ।
तर रियल म्याड्रिडका डिफेन्डर डेनी कार्भाजल भने रियलले अझै लिग जित्न सक्नेमा आशावादी रहेको बताउँछन्, ‘हाम्रो टोलीले सकेसम्म प्रयास गर्नेछ , गणितीय सम्भावना रहेसम्म हामी उपाधि जित्ने लक्ष्यका साथ खेल्नेछौं । ‘
‘हाल १४ अंकको भिन्नता भएपनि हामी यसलाई अन्य समय जस्तै लिनेछौं , हामी हरेक खेल जित्नलाई खेल्नेछौं ‘, उनले बताए । ला लिगा अन्तर्गत शनिबारको खेलमा बार्सिलोनाको गोल गर्ने प्रयासलाई हातले रोकेपछि कार्भाजलले सोझै रातो कार्ड पाएका थिए ।
त्यस कार्ड पछि पाएको पेनाल्टीलाई लियोनल मेस्सीले सदुपयोग गर्दै बार्सिलोनालाई दोस्रो गोल दिलाएका थिए । त्यस रातो कार्डका बारेमा उनी भन्छन्, ‘रातो कार्डले रियलको पराजय निश्चित गर्यो । उच्च तीव्रताको खेलमा त्यस घटना पछि हामी २ गोल र १ खेलाडीले पछि पर्यौं ।’
‘रियलले ३ प्रतियोगितालाई निकै महत्वका साथ हेरेको छ । लिग जित्न मुस्किल छ तर नतिजा हाम्रो पक्षमा ल्याउन निकै मेहेनत गर्नेछौं । त्यस्तै च्याम्पियन्स लिग र कोपा डेल रेमा पनि राम्रो गर्नु छ । तसर्थ पछाडि नफर्किएर हामीले अब आउने ६ महिनाको बारेमा ध्यान दिन जरुरी छ । ‘
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]