7 years ago
December 23, 2017
पाँचथर – झापाको विर्ता युनाइटेडले फिदिममा जारी फाल्गुनन्द गोल्ड कप नक आउट फुटबल प्रतियोगिताको उपाधि जोगाउने अभियानको एक कदम अघि बढेको छ । ताप्लेजुङको मिसन युनाइटेड क्लबलाई ट्राइबेकरमा ४– २ ले हराउँदै विर्ता युनाइटेड क्वार्टरफाइनलमा पुगेको छ ।
विर्ताको जितमा गोलकिपर विशाल मुखिया नायक बने । अब विर्ताले सेमिफाइनल प्रवेशका लागि आयोजक फिदिम स्पोर्टिङ क्लबको सामना गर्ने छ । फिदिम माविको मैदामा आज भएको सेमिफाइनलको निर्धारित ९० मिनेटको खेल १–१ बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
ट्राइबेकरमा झापाका कर्ण लिम्बु ,दिलेन लोक्तम ,सुमित मैनाली र विकी चौधरीले गोल गरे । मिसनका विकास राई ,विकेश लिम्बुको प्रहार गोलमा परिणत भएको थियो । मिसनका तेनजिङ लामा र युवराज लिम्बुको प्रहार विर्ताका गोलकिपर विशालले जोगाएका थिए ।
खेलको चौथो मिनेटमा आषिश चापागाईको गोलबाट विर्ताले अग्रता लिएको थियो । विपक्षी गोलकिपर अघि बढेको मौका छोप्दै आशिषले गोल गरेका थिए । तर, अग्रता लामो समय टिकेन । १५ औं मिनेटमा मिसन ताप्लेजुङका विकेश लिम्बुले बराबरी गोल फर्काए ।
बराबरीपछि पनि विर्ताले दुई पटक सम्म गोलको अवसर पाएको थियो । तर सफल हुन सकेन । ७० औं मिनेटमा कर्णले वान भर्सेस वानमा गोल गर्न सकेनन् भने विर्ताका योगेश गुरुङको प्रहार विपक्षी गोलकिपरले रोके ।
अनुभवको कमीका कारण पराजित हुनु परेको मिसनका कप्तान खमिर गिल्सन कन्दवाले बताए । विर्ताका कप्तान नरेन लिम्बुले पटक पटकको अवसर गुमाउँदा जितका लागि पेनाल्टी सम्म कुर्नु परेको बताए । विर्ताका दिलेन खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
नवौं संस्करणको फाल्गुनन्दको विजेताले उपाधि सहित ३ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, रक्षक , मिडफिल्डर , फरवार्डले समान १० हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।
फाल्गुनन्द गोल्ड कपमा आइतबारको खेल
एपिएफविरुद्ध सुनसनरी ११
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]