7 years ago
December 23, 2017
अर्जुन कार्की
बागलुङ – बागलुङमा प्रदेश नं ४ का नगरपालिका स्तरिय मेयर कप फुटबल हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा माघ १६ गतेदेखि २४ गतेसम्म प्रदेश नं. ४ स्तरिय मेयर कप फुटबल–२०७४ हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
जिल्लामै पहिलो पटक हुन लागेको प्रतियोगितामा प्रदेश नं. ४ का सबै नगरपालिकालाई सहभागिताको लागि आव्हान गरिएको र १२ वटा जति नगरपालिकाले सहभागिता जनाउन सक्ने बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
हामीले जिल्लाको खेलकुदको विकासको लागि उक्त प्रतियोगिता संचालन गर्न लागिएको बताउँदै मेयर पौडेलले प्रतियोगिता गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको बताए । प्रतियोगिता बागलुङ नगरपालिका–१को बाङ्गेचौर खेलमैदान र बागलुङ नगरपालिका–१० को भकुण्डे खेलमैदानमा संचालन गरिने बताइएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख २२ हजार २ सय २२ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक , मिडफिल्ड, स्ट्राइकर र प्रशिक्षकले समान ५ हजार रुपैया पाउनेछन् ।
सेमिफाइनल पुग्ने टोलीका खेलाडीलाई पनि भत्ताको व्यवस्था गर्ने जनाइएइको छ । प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघको पनि सहयोग रहने बताइएइको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]