default_image

7 years ago

December 22, 2017

एल क्लासिको इतिहासका ‘सर्वाधिक गोलकर्ता’

122 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले घरेलु मैदानमा शनिबार क्लब फुटबलको सबै भन्दा ठूलो मानिएको खेल एल क्लासिको मा बार्सिलोनाको सामना गर्दैछ । यी दुई क्लबबीच यो २ सय ७० औं भिडन्त हुनेछ भने ला लिगामा यी दुइ टोली १ सय ७५ औं पटक भिड्ने छन् ।
फुटबलको यस महा भिडन्तमा कुन खेलाडी अहिलेसम्मको सबै भन्दा धेरै गोल गर्ने खेलाडी हुन् ?

जोसेप सामिटियर (रियल / बार्सा) , हुगो सान्चेज (रियल) , ज्वानिटो (रियल) – [१० गोल] : स्पेनिस मिडफिल्डर जोसेप सामिटियरले खेल जीवनमा बार्सिलोना र रियल दुवै टोलीबाट खेलेका हुन् । सन् १९१९ बाट १९३२ सम्म बार्सिलोनाबाट खेलेका उनले रियलमा दुइ सिजन बिताए । उनको ७० वर्षको उमेरमा निधन भयो । त्यस्तै ज्वानिटो रियलबाट १० सिजन बिताएका फुटबलर हुन् जसको  १९९२ मा ३७ वर्षको उमेरमा निधन भयो । हाल ५७ वर्षीय हुगो सान्चेजले भने रियलमा ७ वर्ष विताएका थिए ।

सान्टीलाना (रियल) – [१२ गोल] : रियल म्याड्रिडका लेजेन्ड स्ट्राइकर सान्टीलानाले १९७१ देखि १९७८ सम्म रियलमा बिताए । त्यसक्रममा २ सय ८९ गोल गरेका उनले १२ गोल एल क्लासिकोमा गरेका थिए ।

सेसर (बार्सिलोना), फेरेन्स पुस्कास (रियल), पाको जेन्टो (रियल) – [१४ गोल]  : बार्सिलोनाबाट १५ वर्ष खेलेका ससर रोड्रिग्वेज अल्भारेजले एल क्लासिकोमा १४ गोल गरे ।

रियलका फेरेन्स पुस्कासले करियरमा ५ सय ३० खेल खेल्दै ६ सय २२ गोल गरे , जस मध्ये २ सय ४२ गोल रियलबाट गरेका थिए । उनैको नाममा अहिले पुस्कस अवार्ड दिने चलन छन् । त्यस्तै रियलका पाको जेन्टोले पनि ‘एल क्लासिको’मा १४ गोल गरेका छन् ।

राउल (रियल) – [१५ गोल] : म्याड्रिडमा जन्म लिएका रियलका स्ट्राइकर राउलले ‘एल क्लासिको’मा १५ गोल गरेका छन् । एट्लेटिको म्याड्रिडको युथ एकेडेमी बन्द भएपछि रियलको एकेडेमीमा सरुवा भएका राउलले त्यसपछि रियलको दोस्रो टोली हुँदै सिनियर टोलीसम्म यात्रा तय गरेका हुन् ।

raul real

क्रिस्टियानो रोनाल्डो (रियल) – [१७ गोल] : यस सिजन ला लिगामा ४ गोल गर्न मात्र सफल रोनाल्डोले शनिबार हुने ला लिगामा गोल गर्दै आफ्नो आलोचनाहरु ठप्प गर्ने प्रयासमा हुनेछन्। रियलका स्टार स्ट्राइकर रोनाल्डो ‘एल क्लासिको’का तेस्रो सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

ronaldo

अल्फ्रेडो डी स्टेफानो  (रियल) – [१८ गोल] : रियलका लेजेन्ड अर्जेन्टिनी स्ट्राइकर अल्फ्रेडो स्टेफानो ११ वर्ष रियलमा आबद्ध थिए । २०१४ मा ८८ वर्षमा निधन भएका उनले एल क्लासिकोमा रियलबाट १८ गोल गरेका छन् । रोनाल्डोले यहि शनिबारको खेलमा गोल गर्दै अल्फानोसँगको आँकडा बराबरी गर्ने अवसर पाउनेछन ।

Alfredo Di Stéfano 

लियोनल मेस्सी (बार्सिलोना) – [२४ गोल] : बार्सिलोनाका ३० वर्षीय अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी २४ गोल सहित ‘एल क्लासिको’का सर्वाधिक गोलकर्ता हुन् । ला लिगामा १६, सुपर कपमा ६ र युरोपका खेलहरुमा दुई गोल गर्दै मेस्सीले ‘एल क्लासिको’मा २४ गोल गरेका छन् ।

अपडेट : शनिबार , डिसेम्बेर २३ -२०१७ मा रियल विरुद्ध गोल गर्दै मेस्सीले एलक्लासिकोमा २५ गोल पुरा गरेका छन् ।

अपडेट  messi juventus

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.