7 years ago
December 22, 2017
म्याड्रिड (एजेन्सी) – यस सिजनमा रियल म्याड्रिडलाई निकै महत्व बोकेको खेल , ‘एल क्लासिको’ मा रोनाल्डो पूर्ण रुपमा फिट हुने भएका छन् । कल्ब विश्वकपको फाइनलका दौरान पिंडौलामा चोट बोकेयता रोनाल्डो रियलको प्रशिक्षणमा सामेल थिएनन । तर उनि शुक्रबारको प्रशिक्षणमा सामेल हुने र शनिबार हुने ‘एल क्लासिको’ का लागि चोटमुक्त हुने भएका छन् ।
फाइनलमा ग्रिमिओसँग निर्णायक गोल गरेका रोनाल्डो त्यसयता टोलीसँग प्रशिक्षणरत थिएनन । सावधानी अपनाउँदै उनि आफैँ एक्लै फिटनेसमा ध्यान दिँदै थिए । उनको फिटनेसमा विभिन्न शंका उब्जिएपनि अन्तत रोनाल्डोले एल क्लासिको मगुमाउने पक्का भएको हो ।
शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ११ अंकले पछि रहेको रियलले अंक दुरी घटाउन यो खेल जित्ने पर्ने छ । घरेलु मैदान बर्नेबाउमा हुने खेलमा रोनाल्डोको भूमिका महत्वपूर्ण रहनेछ । रोनाल्डोले यो सिजन ला लिगामा ४ गोल मात्र गरेका छन् ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]