default_image

7 years ago

December 22, 2017

नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप यसै महिना

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा यसै महिना दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै घरलु र दुई विदेशीसहित १२ टोलीको सहभागितामा पुस २१ गतेदेखि माघ ४ गते सम्म खप्तड गोल्ड कप आयोजना हुने जानकारी गराएको छ । क्लब र सिजी ग्रुपको नेपाल आइसबीच मुख्य प्रायोजनमा पनि आजै सम्झौता भएको छ । अब प्रतियोगिताको नाम दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप रहनेछ ।

क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगितालाई मोसफलकै सर्वाधिक पुरस्कार राशीको बनाउने घोषणा गरे । प्रतियोगिताको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने बताइएको छ । गत वर्ष विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र फेयर प्ले टोलीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै हरेक खेलेको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नकआउटका आधारमा हुने प्रतियोगितामा दुई विदेशीसहित १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा रुस्लान थ्री स्टार क्लब, साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, सिएमजी क्लब संकटा, च्यासल युथ क्लब, रमपम झापा ११, सहारा क्लब, लुम्बिनी जगदम्बा र आयोजक सुदूरपश्चिम ११ रहेका छन् ।

त्यस्तै भुटानको ड्रुक स्टार र भारतको दिल्ली युनाइटेडले पनि प्रतियोगितामा भाग लिनेछन् । थ्री स्टारले एक वर्षपछि घरेलु फुटबलमा यहि प्रतियोगितामार्फत फर्कन लागेको हो । आयोजक क्लबका अध्इक्ष हमालले खेलकुदको विकासमा सहकार्य गरि सुदूरपश्चिमलाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं भन्ने मुल नाराका प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले भने, सुदूर पश्चिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने यसको मुख्य उद्देश्य हो ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.