default_image

7 years ago

December 21, 2017

आयोजक सेन्ट जेभियर्स र लिटिल एन्जेल्स फाइनलमा

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक सेन्ट जेभियर्स गोदावरी ए र लिटिल एन्जेल्स स्कुल हात्तिबन २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

आयोजकले झापाको मोरान मेमोरियललाई टाइब्रेकरमा ३–० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीमा भएको थियो । खेलमा लिएको अग्रता जोगाउन नसकेपछि मोरान फाइनल पुग्न सकेन ।

युवराज राजवंशीको गोलमा मोरानले अग्रता लिएपनि सबल महर्जनले ३५ औं मिनेटमा आयोजकका लागि बराबरी गोल फर्काएका थिए । पराजित टोलीका बुधहरि हास्दा खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

अर्को खेलमा लिटिल एन्जेल्सले क्रेस्सेन्ट एकेडेमी अंग्रेजी स्कुल गोदावरीलाई ४–१ ले हराएको थियो । विजयी टोलीका लागि लक्ष्य महर्जन, सम्राट तन्डुकार, प्रजवलराज भट्ट र भार्गव सिवालले गोल गरे । क्रेस्सेन्टका लागि शोभाकर रोकायाले गोल गरेका थिए ।

विजयी टोलीका रिमोन मानन्धर म्यान अफ दी म्याच घोषित भएका थिए । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल शनिबार हुने आयोजक विद्यालयले जानकारी दिएको छ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.