7 years ago
December 21, 2017
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी छैटौं संगम कपको फाइनलमा बाजापाटन (बी) थटिन पुग्न सफल भएको छ । सेमिफाइनलमा गार्डेन क्लबलाई पेनाल्टीमा २-१ ले हराउँदै बी थटिन फाइनलमा प्रवेश गरेको हो ।
७० मिनेटको निर्धारित समय २-२ को स्कोरमा समाप्त भएपछि खेल अतिरिक्त समयमा गएको थियो । तर सो समयमा दुवै पक्षले गोल गर्न नसकेपछि खेल पेनाल्टिमा पुगेको थियो ।
बी थटिनले खेलको २८ औं मिनेटमा विश्वास श्रेष्ठको गोल मार्फत अग्रता लिएको थियो भने खेलको ३५ औं मिनेटमा गोविन केसीले सो अग्रता दोब्बर पारेका थिए । तर दोस्रो हाफमा गार्डेनका दिवस उदयले एक गोल र बी थटिनका अजय गुरुङले एक आत्मघाती गोल गर्दा खेल बराबरी भएको थियो ।
पेनाल्टीमा भने बी थटिनले बाजी मार्न सफल रह्यो । विजयी टोलीका लागि विदेशी मुलका चिब्रा र दिलीप क्षेत्रीले गोल गरेका थिए भने गार्डेनबाट विनोद गुरुङले गोल गरेका थिए ।
अब बी थटिनले भोलि हुने सहारा क्लब र एल जी एशोसिएसन बीचको सेमिफाइनलको विजेतासँग भिड्ने छ । सहारा र एल जी बीचको आजको खेल २-२ को स्कोर रहँदा खराब प्रकाशका कारण स्थगित भएको थियो । सो खेल भोलि बिहान ८.३० बजे सुचारु हुने छ भने फाइनल खेल दिउसो १ बजे पछि सुरु हुने छ ।
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]
February 4, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]