default_image

7 years ago

December 22, 2017

बार्सिलोनाको स्ट्राइकर भित्राउन आर्सनल प्रयासरत

95 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – कोपा डेल रे मा राम्रो प्रदर्शन गरेका बार्सिलोनाका २२ वर्षे स्ट्राइकर जोसे मानुएल अर्नाइज डियाज इङ्लिस क्लब आर्सनलको नजरमा परेका छन् ।

xArnaiz

रियल भल्लाडोलिडबाट सन् २०१७ मा बार्सिलोना पुगेका अर्नाइजले ला लिगामा भने अवसर पाएका छैनन् । बार्सिलोनाको रिजर्भ टोलीबाट खेल्दै आएका उनी त्यस टोलीका शीर्ष गोलकर्ता हुन् ।

स्पेनका मिडियाहरुका अनुसार आर्सनलका प्रशिक्षक आर्सेने वेगंरको टोली उनलाई खरिद गर्न रिलिज क्लज तिर्न तयार छ । स्पेनिस मिडिया मार्साका अनुसार आर्सनलले उनलाई जनवरीमा खरिद गर्ने प्रयास गर्नेछ ।

भल्लाडोलिडबाट बार्सिलोना पुगेका स्पेनिस फरवार्ड अर्नाइजको रिलिज क्लज १७.८ मिलियन पाउन्ड हो । आर्सनलले उनलाई खरिद गर्ने प्रयासमा रिलिज क्लज बराबरको रकम प्रस्ताव गरेपछि निर्णय अर्नाइजको हातमा हुनेछ ।

 

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.