default_image

7 years ago

December 21, 2017

साफ यु १५ महिला च्याम्पियनसिपमा नेपालको प्रदर्शन सबैभन्दा कमजोर

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगालदेशमा जारी साफ यू १५ महिला फुटबल च्याम्पियनसिपमा सहभागी चार राष्ट्र मध्ये नेपालको प्रदर्शन सबैभन्दा कमजोर प्रदर्शन रह्यो । राउन्ड रोविन लिगको अन्तिम खेलमा आज नेपालले भुटानसँग १–१ को बराबरी खेल्दै च्याम्पियनसिपको यात्रा अन्त्य गरेको छ ।

खेलको ९ औं मिनेटमा भुटानकी डेकी लाहाजुमले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर ८१ औं मिनेटमा सबिता रानामगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । खेलको अन्तिम समयमा नेपालकी सरस्वती हमाल पेनाल्टीबाट चुक्दा खेल १-१ मा टुङ्गियो ।

नेपाल र भुटान अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । त्यस्तै आयोजक बंगलादेश र भारतले लगातार दुई खेल जित्दै फाइनल भेट पक्का गरिसकेका थिए । आज भएको खेलमा भारतलाई ३–० ले हराउँदै बंगलादेश शीर्षस्थानमा रहेको छ । बंगलादेशको ९ अंक रहेको छ भने भारतको ६ अंक रहेको छ ।  बंगलादेश र भारतबीच पुस ९ गते फाइनल हुनेछ ।

नेपालले ३ खेलमा १७ गोल खायो भने त्यसको बदला १ गोल गर्न सफल रह्यो । च्याम्पियनसिपबाट बाहिरिसकेको भुटानको भन्दा पनि नेपालको प्रदर्शन कमजोर रह्यो । भुटानले भने ३ खेलमा ७ गोल खाँदै १ गोल गरेको थियो । आयोजक बंगलादेशसँगको खेल ६–० ले गुमाएको नेपालले भारतसँगको खेलमा १०–० को हार बेहोरेको थियो । भुटानले दुवै खेल समान ३–० ले गुमाएको थियो ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.