7 years ago
December 21, 2017
पेरिस (एजेन्सी) – च्याम्पियन्स लिगका उपाघि दाबेदार मानिएका दुई टोली पेरिस सेन्ट जर्मन र रियल म्याड्रिड प्रतियोगिताको अन्तिम १६ मा भिड्दै छन् । त्यस खेलका लागि टिकट मुल्य पुन: बिक्रि गरिँदै छ र अधिकतम मुल्य १४ हजार युरोसम्म रहेको छ ।
पिएसजीको आधिकारिक वेबसाइटमा टिकटको पुन: बिक्रि सम्बन्धी जानकारी लेखिएको थियो । “पिएसजी र रियल म्याड्रिडको खेलको टिकट सकिएको छ तर यहाँले पुन: बिक्रि गरिएका टिकट भने खरिद गर्न सक्नु हुने छ ।”
स्पेनिश पत्रिका मार्साले यस बारे थप जानकारी दिएको थियो । “पिएसजी र रियल म्याड्रिडको खेलको टिकट सबै बिक्रि भइसकेको छ । पुन: बिक्रि गरिएका टिकटको मुल्य ३ सय ९५ युरो देखि १४ हजार ६ सय ९५ रहेका छन् ।”
पिएसजीको घरेलु मैदानमा पिएसजी र रियल दोस्रो लेगमा भिड्दै छन् । पहिलो लेगको नतिजा थाहा नभई यसरी टिकट बिक्रि हुनु आश्चर्यजनक मानिएको छ ।
यी दुई टोलीले पहिलो लेग रियलको घरेलु मैदान सान्टियागो बर्नबाउमा खेल्ने छन् । पहिलो लेगको टिकट पनि पुरै बिक्रि भइसकेको रियल म्याड्रिडले जनाएको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]