default_image

9 years ago

December 23, 2015

१८ बर्ष यता श्रीलंका बिरुद्ध पहिलो हार

147 views

0 Bookmark

लगातार ११ खेल गोल बिहिन

केरेला, हाम्रो खेलकुद

पोसेसन र आक्रमणमा हावी देखिए पनि , खेलको अतिरिक्त समयमा गोल खादा नेपाले श्रीलंका बिरुद्ध १८ बर्ष यता पहिलो हार को सामना गर्‍यो । भारतको त्रिभेन्दममा भएको खेलमा फोर्वार्डमा नयाँ अनुहारलाई मौका दिए पनि  गोल गर्न नसक्ना नेपाल लगातार ११ खेलमा गोल-रहित चित्त बुजायो ।

Nepal starting sri lanka

पहिलो हाल्फ को सुरुवात देखी नै नेपाल श्रीलंका बिरुद्ध केहि राम्रो प्रस्तुत भयो । रातो जर्सी मा उत्रेको नेपाल , गत साफको उत्कृष्ट खेलाडी रबिन श्रेष्ठ र नेपाली मेसी भनेर चिनिने जगजित बिना नै खेल मैदान मा उत्रीयो ।

बाङ्लादेश बिरुद्ध को खेल मा हार बेवोरेको नेपाल ले श्री लंका बिरुद्ध आक्रामक शैली मा उत्री यो । ४-४-३ को फोर्मेसन मा खेलेको नेपाल ले दुइ विङ मा यु १९ साफ बिजेता बिमल र अन्जन लाई उतार्यो ।

खेलको २० औ मिनेटमा बिमललाई लडाएर पाएको फृ किक हेमन गुरुङ ले सोझै गोल किपर को हातमा दिए ।

३३ औ मिनेट मा अन्जन बिष्ट को कर्नर मा पाएको रोहित चन्द को हेडर श्री लंकाली रक्षक लाई लाग्दा नेपाल ले अर्को मौका गुमायो ।

खेलको ४२ मिनेटमा अन्जनले डिफेन्डरलाई बिट गरेर लगेको बलामा बिमलको गोल गर्ने प्रयास श्री लंकाको खेलाडी लाई लागि फर्किदा रोहित ले पाएको बल क रिब २५ यार्ड बाट गरेको प्रयास  केहि मात्र माथीबाट जान पुग्यो  ।

राम्रो सँग अड्कल गर्दै आफ्नो कब्जा मा लिए र पहिलो हाल्फको अन्त्य सम्म कुनै गोल हुन सकेन ।

दोस्रो हाल्फमा नेपाल अझ आक्रमक रुपमा प्रस्तुत भयो । ५० औ मिनेटमा बिमलको ठाउँ साटेको अनिलको क्रस सेन्टर स्ट्राइकरको रुप मा देखिएका बिमलले भेट्न नसक्दा नेपालले राम्रो मौका गुमायो ।

काउन्टर आक्रमणमा देखिएको श्रीलंकाले केही मुभ त बनायो तर किरण लाई कुनै प्रेसर दिन सकेन । ५९ औ मिनेटमा हेम को फृ-किकमा रोहितले फृ-हेडर पाए तर उन्को हेडेरले सहि दिशा लिन सकेन  ।

श्रीलंकाले पाएको ६५ औ मिनेट को फृ-किक मा मोहोम्मद रिफ्नासले गरेको प्रहार किरणले दायाँ हातले पन्च गर्दै नेपाललाई खेलमा जोगाए ।

गोल गर्ने प्रयास मै ८१ औ मिनेटमा जगजितले ३० यार्डबाट गरेको प्रयास पोस्टबाट केही माथी गयो।

खेलको अतिरिक्त समयमा नेपालि डिफेन्डरको गल्ती उपयोग गर्दै मोहोम्मद रिफ्नासले गोल गर्दै श्रीलंकालाई तीन अंक दिलाए ।

यो  हारसङै नेपालको सेमि फाइनल यात्रा भारत विरुद्ध को आफ्नो र श्रीलंकाको खेलमा निर्भर पर्ने छ ।

December 22, 2024

म्यानचेस्टर सिटीको खराब प्रदर्शन जारी

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन रोकिएको छैन । सिटी शनिवार एस्टन भिल्लासँग २-१ ले पराजित भएको हो । भिल्ला पार्कमा घरेलु टोलीलाई दिलाउन जोन डुरान र मोर्गन रोजर्सले गोल गरे । सिटीका लागि फिल फोडेनले सान्त्वना गोल गरे । सिटीले पछिल्ला १२ खेलमा ९ हार र एक खेलमा मात्र […]

December 22, 2024

बार्सिलोना एट्लेटिकोसँग पराजित

एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राती भएको खेलमा बार्सिलोना २–१ गोलअन्तरले पराजित हुदै दोस्रो स्थानमा धकेलिएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन डि पाउल र एलेक्जेन्डर सोर्लोथले गोल गरे । घरेलु टोली बार्सिलोनाका लागि प्रेड्रीले सान्त्वना गोल फर्काए […]

December 22, 2024

जेसस चम्कँदा आर्सनलको सानदार जित

एजेन्सी– चोटमुक्त भएर खेलमा फर्कने प्रयास गरिरहेका ब्राजिली फरवार्ड गाब्रियल जेससको उच्च प्रदर्शन प्रेरित खेलमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । आर्सनलले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ५–१ को सानदार जित निकाल्दै शीर्ष टोलीसँगको अंक दुरी छोट्याएको छ ।आर्सनलको जितमा जेससले दुई तथाम काई हाभर्टज, ग्राबियल मार्टिनेली र डिक्लन रिसले […]

Success

Thank you for your time.