7 years ago
December 20, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले लिभरपुलका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्होलाई दोस्रो महँगो खेलाडी बनाउँदै जनवरी ट्रान्सफर विन्डोमा भित्राउने योजना बुनेको छ ।
अघिल्लो ट्रान्सफर कौटिन्होलाई भित्राउने बार्सिलोनाको प्रस्तावलाई लिभरपुलले बार्सिलोनाको सबै प्रस्ताव अस्वीकार गरेको थियो ।सोहि योजनालाई पूर्णता दिन बार्सिलोना लिभरपुल सामु १ सय ३२ मिलियन पाउन्डको प्रस्ताव राख्ने तयारीमा छ । दुई पक्षबीच सम्झौता भएमा उनी फुटब इतिहासका दोस्रो महंगा खेलाडी बन्ने छन् ।
यसै सिजनको सुरुआतमा बार्सिलोनाबाट २ सय मिलियन पाउन्डमा पिएसजी पुगेका नेयमार सबै भन्दा महंगा खेलाडी हुन् । इङ्लिस संचार माध्यम ‘द सन’ का अनुसार बार्सिलोनाबाट कौटिन्होले प्रति साता २ लाख हजार पाउन्ड पारिश्रमिक पाउनेछन् । उनि हाल लिभरपुलमा पनि त्यत्तिनै नै कमाउछन् ।
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४-१ ले हराएको छ। जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो। एन्फा कम्प्लेक्समा भएको खेलको १५औं मिनेटमा पुलिसले अग्रता बनायो। कप्तान निरु थापाले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै हानेको भली प्रहार सुन्दर गोलमा परिणत भयो। कमजोर वालिङ विरुद्ध […]
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]