7 years ago
December 20, 2017
धनगढी (हाम्रो खेलकुद) – जारी तेश्रो ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कपमा पिएफए अत्तरीयाले सुदुरपश्चिम ११ लाई १-० को अन्तरले हराएको छ । यस जितसँगै अत्तरीया प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मणिराम चौधरीले खेलको एक मात्र गोल गरे । पहिलो हाफमा दुवै टोलीले केहि अवसर पाए पनि तिनको सदुपयोग नगर्दा पहिलो हाफ गोलरहित भएको थियो ।
तर खेलको ७१ औं मिनेटमा अत्तरीयाका मणिराम चौधरीले निर्णायक गोल गर्न सफल भए । डिबक्स भित्र पाएको अवसरलाई उनले गोलमा परिणत गरेका थिए । सुदुरपश्चिमले खेलको अन्त्यतिर निकै सजिलो अवसर गुमाएको पनि थियो ।
अब पिएफए अत्तरीयाले आयोजक फारवेस्ट पशुपति युवा क्लब र न्यु बुद्ध युवा क्लब फुलबारी बीचको विजेतासँग फाइनल खेल खेल्ने छ । सेमिफाइनल खेल भोलि खेलिने छ ।
यस प्रतियोगिताको विजेताले तीन लाख नगद पुरस्कार तथा उपविजेताले डेढ लाख प्राप्त गर्नेछन् । त्यस्तै विभिन्न ५ विधामा उत्कृष्ट खेलाडिहरुलाई जनही १०-१० हजार नगद पुरस्कार दिइने छ । फाइनल खेल पुस ८ गते खेलिने छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]