7 years ago
December 19, 2017
काठमाडौ (हाम्रो खेलकुद) – छैठौं दि एक्सेलसियर कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता फाइभ ए साइड जुनियर फुटबलमा न्यु जेनित र शिशु निकुञ्जले विजयी सुरुआत गरेका छन् । न्यु जेनितले अक्षरालाई ५–२ ले र शिशु निकुञ्जले ओम ज्ञान मन्दिरलाई ३–० ले पराजित गर्यो । अन्य खेलमा राजन मेमोरियलले त्रिरत्नलाई ५–३ र राजश्रीले किट्स लनिङलाई ७–० ले हरायो ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, विद्यालय भलिबल कमिसनका उपाध्यक्ष युवराज श्रेष्ठ,आयोजक दि एक्सेलसियर स्कुलका प्रबन्ध निर्देशक राम बस्नेतले सयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए । पुस १३ सम्म संचालन हुने प्रतियोगितामा फाइभ ए साइड ब्वाइज जुनियर र ब्वाइज दुवैमा अलग अलग प्रतिस्पर्धा हुनेछ । सिनियरमा २० र जुनियरमा १३ टोलीको सहभागिता रहनेछ ।
विद्यालय खेलकुद अन्तर्गत बास्केटबलमा ब्वाइज सुनियर र जुनियर तथा सिनियर गल्र्समा प्रतिस्पर्धा हुनेछ । ‘शिक्षा सगै खेलकुद’ भन्ने मुल उद्देश्यका साथ संचालन भएको प्रतियोगित बास्केलबमा ब्वाइजको जुनियरमा १६ र सिनियरमा १२ तथा सिनियर गल्र्समा १२ टोली रहेका छन् ।
मंगलवार भएको उद्घाटन खेलमा जुनियर ब्वाइजमा एक्सेलसियरले होलीभिजनलाई २६–९ को स्कोरमा हरायो । आयोजकको जितमा आयुष तामाङले सर्वाधिक १३ स्कोर गरे । जुनियर ब्वाईजमै पिपुल्सले बिएनएलाई २५–१८ स्कोरमा हरायो । विजयी टोलीका अजय घले २१ स्कोर गरे ।
स्वयम्भु स्थित दि एक्सेलसियर स्कुलमा भएको प्रतियोगिताको सिनियर गल्सतर्फ ग्यालेक्सिले रुपिजलाई २०–४ ले पराजित गर्यो । ग्यालेक्सिको जितमा बिनिता पन्तले ७ स्कोर गरिन् । गल्र्सकै अर्को खेलमा स्किब्सले काब्यलाई २४–२० ले हरायो । स्कब्सको जितमा देभ्युना केसी र अप्सरा पौडेलले समान १० स्कोर गरे ।
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण भोलि दशरथ रंगशालामा सुरु हुँदैछ। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलले नेपाली फुटबलमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। सहभागी टोलीहरूले पनि उच्च प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। एनएसइएमका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले एनएसएलको सफलताको […]
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले जर्सी र ‘थिम सङ’ सार्वजनिक गरेको छ । धनगढीका अध्यक्ष सुवास शाही र माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् । धनगढी एफसीका अध्यक्ष शाहीले क्लबको नयाँ जर्सी र क्लब गान धनगढी एफसीको लक्ष्य, उत्साह […]
March 28, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताले शनिवार नयाँ च्याम्पियन पाउनेछ । रुपन्देही जारी तिलोत्तमाको २३ औं तिलोत्तमा दुवै टोली पहिलो पटक फाइनल पुगेका कारण नयाँ च्याम्पियन बन्ने निश्चित छ। फाइनलमा चर्च ब्याइज युनाइटेड र एपीएफ क्लब भिड्दैछन् । बुटवलको देविनगरस्थित एन्फा एकेडेमीको मैदानमा फाइनल दिउँसो ३ बजे सुरु हुनेछ । शुक्रवार प्रि म्याच कन्फ्रेन्समा […]