default_image

7 years ago

December 19, 2017

संगम कपको क्वाटरफाइनल समिकरण पुरा

91 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी छैटौं संगम कपको क्वाटरफाइनल समिकरण मंगलबार पुरा भएको छ । आयोजक संगम क्लबले पहिलो क्वाटरफाइनलमा गार्डेन फुटबल क्लबको सामना गर्ने छ ।

मंगलबार खेलिएको खेलमा एपिएफा बी थटिन समूहसँग ३-१ ले पराजित हुन पुग्यो । यसैगरी आयोजक संगम क्लबले हेमजा युनाइटेडलाई १-० ले हराउन सफल रह्यो ।

मंगलबारको तेश्रो खेलमा ड्यामसाइड क्लबले मिलन टोललाई ५-० को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै एल जी एशोसियसनले पनि आफ्नो खेलमा फराकिलो जित दर्ता गर्न सफल रह्यो । एल जीले शितल ज्योति क्लबलाई ६-१ ले पन्छ्यायो ।

त्यस्तै अन्तिम खेलमा सहाराले बुटवलको खर्चाटिकार एकेडेमीलाई ४-० ले हरायो । बुधबार हुने क्वाटरफाइनलमा भद्रकाली र बी थटिन भिड्दै छन् भने ड्यामसाइड र एल जी एक आपसको सामना गर्ने छन् । त्यस्तै रन्जन मेमोरियलले सहारा क्लबको सामना गर्ने छ ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.