default_image

7 years ago

December 19, 2017

साफ यू १५ महिला फुटबल – भारतको सामना गर्दै नेपाल

92 views

0 Bookmark

 

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो खेलको हारपछि नेपाली यु १५ महिला टोली दबाबमा परेको छ । बंगलादेशमा जारी साफ यु १५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा आइतबार नेपालले आयोजक टोलीसँग ६–० को हार बेहोरेको थियो । अब नेपाली टोलीसँग धेरै विकल्प बाँकी छैन ।

अभ्यासका क्रममा नेपाली टाली । तस्बिर सौजन्य: एनएसजेएफ

आज दिउँसो भारतविरुद्ध हुने खेल गुमाएको खण्डमा नेपाल एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिने छ । सहभागी ४ टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । बंगलादेशसँगै भारतले पनि पहिलो खेलमा जित दर्ता गर्दै फाइनलको दाबेदारी प्रस्तुत गर्ने छ । पहिलो खेलमा भारतले भुटानलाई ३–० ले हराएको थियो ।

नेपाल प्रतियोगिताको फाइनल पुग्ने सम्भावनालाई जीवित राख्ने जितको खोजीमा हुँदा भारत भने बंगलादेशसँगको खेलअघि नै फाइनलमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ । भारतले आजको खेल गुमाएकै खण्डमा पनि टोलीसँग अर्को एउटा मौका बाँकी रहनेछ । तर, नेपाललाई भने त्यो सुविधा हुने छैन । आजको खेल गुमाउँदा टोली लगभग प्रतियोगिताबाट बाहिरिनेछ । अर्को खेल बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

बंगलादेशसँगको खेलमा भन्दा भारतविरुद्ध अलग रणनीति बनाउने प्रशिक्षक गंगा गुरुङले बताइन् । उनले मिडफिल्डमा देखिएको समन्वय अभावमा सुधारको प्रयासका साथै रक्षापक्तिलाई मजबुद बनाउने बताएकी छिन् । ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः१५ मा सुरु हुनेछ ।

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

May 2, 2025

युरोपा लिगमा टोटेनहमलाई सफलता

एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]

May 2, 2025

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले‌ हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]

Success

Thank you for your time.