7 years ago
December 17, 2017
रेनेस (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले रेनेसलाई ४-१ ले हराएको छ । पिएसजीको जितमा नेयमारले दुई गोल गरेका थिए ।
खेलको सुरुवाती मिनेटमै पिएसजीले नेयमारको गोलमार्फत अग्रता लिन सफल भएको थियो । त्यस्तै खेलको १७ औं मिनेटमा किलियन बाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।
दोस्रो हाफमा रेनेसले भने एक गोल फर्काउन सफल रह्यो । तर दुई मिनेटको अन्तरालमा एडिन्सन काभानी र नेयमारले ७५ औं र ७६ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
खेलको अन्त्य हुँदा दुवै टोलीको १० खेलाडि मात्र थिए । रेनेसका मिडफिल्डर बेन्जामिन आन्द्रेले ६३ औं मिनेटमा रातो कार्ड पाएका थिए भने खेलको अन्तिम मिनेटतिर पिएसजीका प्रेस्नेल किम्पेन्बेले रातो कार्ड पाउँदै मैदान छोडेका थिए ।
यस जितसँगै पिएसजी प्रतिद्वन्दि मोनाकोभन्दा ९ अंकले अगाडि छ । हारका बावजुद रेनेस भने अंकतालिकाको छैठौं स्थानमा यथावत् छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]