7 years ago
December 16, 2017
धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिम ११ स्पोर्टस क्लबका दुवै ए र बी टोली धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पबिलक स्कुल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । आज भएका दुवै खेलमा जित हात पार्दै सुदूरपश्चिम ११ को ‘ए’ र ‘बी’ टीम अन्तिम आठमा पुगेका हुन् ।
धनगढी रंगशालामा सुदूपश्चिम ११ ए ले नेपाल प्रहरी प्रदेश नम्वर ७ लाई ४–० ले हरायो । विजेता टोलीका लागि विनोद केसीले २ तथा जीवन चौधरी र रामसिंह रानाले समान १ गोल गरे । ए टोलीका प्रशिक्षक ललित चन्दले चार जना सेटका खेलाडीहरुको अभावमा सुरुमा खेलमा तालमेल नभएपनि दोस्रो हाफमा रणनिति फेरेका कारण सहज जित दर्ता गरेको वताए । पराजित टोलीका प्रशिक्षक सुरेन्द्र वमले खेलाडीबीच तालमेल नमिल्नु र दोस्रो हाफमा गोल गर्नेतर्फ बढी ध्यान दिदा हार व्यहोरेको वताए ।
दोस्रो खेलमा पनि सुदूरपश्चिम बीले पशुपति स्कीमिमर्सलाई ५–० ले पराजित गरेको थियो । बीका लागि राजीव चौधरीको ह्याट्रिक गरे भने हिक्मत खत्री र रुपेश चौधरीले समान १ गोल गरे । सुदुरपश्चिम ११ बी का प्रशिक्षक सुरेश हमालले सोचे अनुसारको प्रदर्शन गरेको र १८ वर्ष मुनिका खेलाडीको टीमको आपसी तालमेल राम्रो हुँदा सहज जित हात पारेको बताए । स्कीमिमर्सका प्रशिक्षक अमित जैरुले पहिलो पटक ठुलो प्रतियोगिताा खेल्न पाएकोमा खुशी व्यक्त गर्दै राम्रो खेलेको र सुरुवातमै गोल खाँदा दवावमा खेल्नु परेको बताए ।
फारवेष्ट पशुपति युवा क्लवले आयोजना गरेको प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ८ गते सम्म चल्ने प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]