7 years ago
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोली फिफा वरियतामा तीन स्थान माथि उक्लदै ९१ औं स्थानमा पुगेको छ । डिसेम्बरका लागि फिफाले जारी गरेको वरियतामा नेपाल दक्षिण एसियाली राष्ट्रबीच दोस्रो स्थानमा रहेको छ ।
महिला फुटबलको वरियतामा सन् २००९ यता नेपालको यो उच्च वरियता हो । २००९ मा नेपाल ९२ औं स्थामा रहेको थियो । नेपाल वरियताको सबैभन्दा खराब अवस्थामा रहने क्रममा १ सय १६ औं स्थानमा रहेको थियो ।
नेपाल भन्दा माथि भारत ५७ औं स्थानमा छ । नेपाल भन्दा पछि बंगलादेश सयौं, श्रीलंका एक सय एर्कौ र भुटान १ सय १४ औं स्थानमा रहेको छ । वर्षको सुरुआतमा महिला साफ च्याम्पियनसिप खेलेको नेपालले मेमा मलेसियासँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
जसमा नेपाल एउटामा बराबरीमा रोकिएको थियो भने अर्कोमा पराजित भएको थियो । त्यसयता नेपाली टोलीले कुनै प्रतियोगिता वा मैत्रीपूर्ण खेल खेलेको छैन । फिफा वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो र इङ्ल्यान्ड तेस्रो स्थानमा रहेको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]