7 years ago
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभियन क्लब टिसी स्पोर्टस्सँगको एक वर्षे सम्झौता सकिएसँगै नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङ आज स्वदेश फर्कदैछन् । नयाँ सम्झौताका विषयमा छलफल चलिरहेपनि सिजन ब्रेकसँगै किरण स्वदेश फर्कन लागेका हुन् ।
किरण चेम्जोङ (दायाँबाट दोस्रो) माल्दिभ्स छाड्नुअघि टिसी स्पोर्टस्का अन्य खेलाडीका साथ विमानस्थलमा । तस्बिर : किरण चेम्जोङको फेसबुकबाट
नयाँ सिजन जनवरीबाट मात्र सुरु हुने बताइएको छ । स्वदेश फर्कनु अघिल्लो राति किरणसम्मिलत टिसी स्पोर्टस् ले न्यू रेडियन्टसँग प्रेसिडेन्ट्स कपको फाइनल भएको थियो । जसमा टिसी स्पोर्टस् ३–० ले पराजित भएको थियो ।
यो सिजन न्यू रेडियन्टले ३ वटा उपाधि जित्दा किरणको टोली सबैमा उपविजेता रह्यो । न्यू रेडियन्टले यसअघि धिवेही प्रिमियर लिग (डिपिएल) र एएफए कपको उपाधि जितेको थियो । केहि दिनअघिको एफए कप फाइनलमा टिसी स्पोर्टस् न्यू रेडियन्टसँग टाइब्रेकरमा पराजित भएको थियो । यो सिजन न्यू रेडियन्टसँगका सबै ७ खेलमा टिसी स्पोर्टस् पराजित भयो ।
टिसी स्पोर्टस् को आफ्नो पहिलो सिजनमा किरण एउटा उपाधि जित्न सफल भएका थिए । गत वर्ष पुसमा टिसीमा आबद्ध भएको केहि समयमै किरण सम्मिलित टोलीले बंगलादेशमा शेख कमाल अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप जितेको थियो । माल्दिभ्स फुटबल अवार्ड आज हुँदैछ । माल्दिभ्स फुटबल डट कम र माल्दिभ्स फुटबल संघको संयुक्त आयोजनामा हुने अवार्डको विदेशी उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपर दुवैम किरण मनोनयनमा परेका छन् ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]