7 years ago
December 16, 2017
बेलबारी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबीच २४ दिनमा तेस्रो नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भेट हुँदैछ । यी दुई टोली दोस्रो मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज प्रतिस्पर्धा हुँदैछ ।
अघिल्लो महिना भएको दुवै फाइनलमा आर्मीले बाजी मारेको थियो । मंसिर ७ गते सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा मनाङलाई हराएको आर्मीले मंसिर १५ गते मेची नेत्रालय काकरभिट्टा गोल्ड कपमा पनि पुनः हराएको थियो । त्यसयता यी दुई टोलीबीच पहिलो पटक आज भेट हुँदैछ । यो वर्ष यी दुई टोलीले ४ उपाधि जितिसकेका छन् । आर्मीले ३ उपाधि जित्दा मनाङले एउटा उपाधिमा चित्त बुझाएको छ ।
वैशाखमा आर्मीले वीरगन्जमा विशाल स्मृति गोल्ड कप र भदौंमा मनाङले चितवन पुगेर जेसिज कपको उपाधि उचालेको थियो । आजको फाइनल जिते आर्मीले वर्षको चौथो र मनाङले दोस्रो उपाधि जित्नेछ । गत वर्ष नकआउट फुटबलमा मनाङ सबैभन्दा सफल टोली रहेको थियो । मनाङले ४ उपाधि जित्दा आर्मी र संकटाले समान ३ उपाधि जितेका थिए । यसपटक आर्मी अरुभन्दा अगाडि लागेको छ ।
मंसिर १५ को काकरभिट्टा गोल्ड कपको फाइनल टाइब्रेकरमा जितेको आर्मीले मंसिर ६ को सताक्षी गोल्ड कपको फाइनलमा २–१ को जित हासिल गरेको थियो । आर्मी र मनाङ दुवै राष्ट्रिय टोलीका सदस्यका बाल्को उपस्थिति रहेका टोली हुन् । मनाङमा राष्ट्रिय टोलीका कप्तान विराज महर्जन, गत महिना मात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिल गुरुङ, सुजल श्रेष्ठ, विशाल राई, कमल श्रेष्ठलगायतका खेलाडी रहेका छन् ।
अर्को तिर आर्मीमा भरत खवास, नवयुग श्रेष्ठ, जीतेन्द्र कार्की, जर्ज प्रिन्स कार्की, गोलकिपर विकेश कुथु जस्ता खेलाडी छन् । मनमोहन स्मृति प्रतिष्ठान र इलेभन एरोजको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]