default_image

7 years ago

December 16, 2017

म्यानचेस्टर सिटी र टोटनह्याम प्रिमियर लिगमा भिड्दै

41 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी अर्को बलियो टोली टोटनह्यामसँग भिड्दै छ । सिटीको घरेलु मैदानमा हुने सो खेल नेपाली समयअनुसार ११.१५ बजे सुरु हुने छ ।

सिटीका लागि कप्तान भिन्सेन्ट कम्पनी घाइते छन् भने टोटनह्यामका मुख्य डिफेन्डर टोबि एल्डरवेरल्ड घाइते छन् । सिटीले रेकर्ड कायम गर्दै आफ्ना पछिल्ला १५ प्रिमियर लिग खेल जितेको छ ।

त्यस्तै अंकतालिकाको चौथो स्थानमा रहेको टोटनह्याम हटस्परले प्रिमियर लिगमा आफ्ना पछिल्ला दुई खेल जितेको छ । अपराजित रहेको सिटीलाई टोटनह्याम निराश पार्ने दाउमा हुने छ । १७ खेलमा १६ जितसहित सिटी लिगको अग्रस्थानमा रहेको छ ।

त्यस्तै तालिकको तेस्रो स्थानमा रहेको चेल्सीले सांझ ८.४५ बजे लयमा रहेको साउथह्याम्पटनको सामना गर्दै छ । सोहि समयमा सातौं स्थानमा रहेको आर्सनल न्युकासल युनाइटेडसँग भिड्ने छ ।

प्रिमियर लिगमा आज खेलिने सम्पूर्ण खेलहरु:

लेस्टर विरुद्ध क्रिस्टल प्यालेस – ६.१५ बजे

स्टोक सिटी विरुद्ध वेस्ट ह्याम – ८.४५ बजे

वाटफोर्ड विरुद्ध हडर्सफिल्ड – ८.४५ बजे

ब्राइटन विरुद्ध बर्नली – ८.४५ बजे

October 3, 2024

मियामीलाई सपोटर्स शिल्ड

एजेन्सी – लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले सपोटर्स शिल्डको उपाधि जितेको छ। एमएलएस अन्तर्गत बुधवार भएको खेलमा कोलम्बसलाई ३-२ गोलअन्तरले पराजित गरेसँगै मियामीले सपोटर्स शिल्डको उपाधि जितेको हो। एमएलएसमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई सपोटर्स शिल्डको उपाधि दिइने गरिन्छ । यो सिजन राम्रो प्रदर्शन गर्दै शिर्ष स्थानमा रहेको मियामीको यो पहिलो सपोटर्स सिल्ड उपाधि समेत […]

October 3, 2024

लिभरपुल लगातार दोस्रो जित

एजेन्सी – इङ्ग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । घरेलु मैदान एनफिल्डमा बुधवार राति भएको खेलमा लिभरपुलले इटलीयन क्लब बोलोग्नालाई २-० ले पराजित गरेको हो । लिभरपुलको जितमा म्याक एलिस्टर र मोहम्मद सलाहले गोल गरेका थिए । एलिस्टरले ११औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । सलाहले ६५औं […]

October 3, 2024

च्याम्पियन्स लिगमा रियलको हार

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन लिगमा पराजित भएको छ। साविक विजेता रियल बुधवार फ्रान्सेली टोली लिएसँग १-० लेपराजित भएको हो। जोनाथन डेभिडले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। दोस्रो खेलमा लिलको यो पहिलो जित हो भने रियलको पहिलो हार हो। दुवैको समान ३ अंक छ।

Success

Thank you for your time.