7 years ago
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङ माल्दिभियन क्लब टिसी स्पोर्टस प्रेसिडेन्ट्स कप जित्न असफल भएको छ । गए राति मालेमा न्यू रेडियन्टसँगको फाइनल खेल टिसी स्पोर्टस् ले ३–० ले गुमाएको छ ।
सिजनको अन्तिम खेलका रुपमा रहेको फाइनलमा किरणले सबै ३ गोल दोस्रो हाफमा खाएका थिए । अलि फासिरले ६९ औं मिनेटमा पहिलो गोल गरे इब्राहिम फाजिल ८६ औं र इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै न्यू रेडियन्टलाई जित दिलाए । १४ औं मिनेटमा टिसी स्पोर्टस् ले प्राप्त पेनाल्टीमा गोल गर्न सकेन ।
यो सिजन न्यू रेडियन्टले ३ वटा उपाधि जित्दा किरणको टोली सबैमा उपविजेता रह्यो । न्यू रेडियन्टले यसअघि धिवेही प्रिमियर लिग (डिपिएल) र एएफए कपको उपाधि जितेको थियो । केहि दिनअघिको एफए कप फाइनलमा टिसी स्पोर्टस् न्यू रेडियन्टसँग टाइब्रेकरमा पराजित भएको थियो ।
यो सिजन न्यू रेडियन्टसँगका सबै ७ खेलमा टिसी स्पोर्टस पराजित भयो । गत राति फाइनल खेल्नुअघि टिसी स्पोर्ट्स माले लिगमा २ खेल र डिपिएलमा २ खेलमा पराजित भयो । त्यस्तै एएफ ए कप र प्रेसिडेन्ट्स कपको पहिलो सेमिफाइनलमा टिसी स्पोर्टस् न्यू रेडियन्टसँगै पराजित भएको थियो । टिसी स्पोर्टस् को आफ्नो पहिलो सिजनमा किरण एउटा उपाधि जित्न सफल भएका थिए । गत वर्ष पुसमा टिसीमा आबद्ध भएको केहि समयमै किरण सम्मिलित टोलीले बंगलादेशमा शेख कमाल अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप जितेको थियो ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]