7 years ago
December 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङ माल्दिभियन क्लब टिसी स्पोर्टससँगको पहिलो सिजन विट मार्ने क्रममा रहेका छन् । गत वर्ष पुसमा टिसीमा आबद्ध भएको केहि समयमै किरण सम्मिलित टोलीले बंगलादेशमा शेख कमाल अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप जितेको थियो ।
त्यसयता टोलीले कुनै उपाधि जित्न सकेको छैन । माले लिगमा चौथो स्थानमा रहँदै धिवेही प्रिमियर लिग (डिपिएल) का लागि छनोट भएको थियो । केहि दिन अघि सम्पन्न डिपिएलमा टिसी दोस्रो भएको थियो । टोली एफए कपमा पनि उपाधि विमुख भएको थियो । टिसी फाइनलमा न्यू रेडियन्टसँग पराजित भएको थियो ।
सिजनको अन्तिम दिन आज टिसी स्पोर्टससँग अर्को उपाधि थप्ने मौका मिलेको छ । तर, टोली त्यसमा कति खरो उत्रन्छ त्यो भने आज हुने फाइनलपछि थाहा लाग्नेछ । सिजनको अन्तिम खेलका रुपमा आज हुने पे्रसिडेन्ट्स कपको फाइनलमा टिसीले न्यू रेडियन्ट क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
न्यू रेडियन्ट त्यहि टोली हो जसले डिपिएल र एफए कप उपाधि जितिसकेको छ । त्यो उपलब्धी टिसीलाई नै पछि पारेर प्राप्त गरेको हो । टिसी एएफसी कपका लागि छनोट भएपनि त्यो भने नयाँ सिजनमा मात्र खेल्नुपर्ने हुन्छ । यो सिजन न्यू रेडियन्टसँग अहिलेसम्म खेलेका छ खेलमा टिसीले सबै खेल गुमाइसकेको छ । जसमा माले लिगमा २ खेल र डिपिएलमा २ खेल छन् । बाँकी दुई नकआउट फुटबलमा पराजित भएको हो ।
न्यू रेडियन्टले टिसीलाई एफए कपको फाइनल र प्रेसिडेन्ट्स कपको पहिलो सेमिफाइनलमा पेनाल्टी सुट आउटमा हराएको थियो । आज एक पटक अहिले सम्मको सबै हारको बदला लिदै वर्षको दोस्रो उपाधिका साथ सिजनको अन्त्य गर्ने अवसर टिसी स्पोर्टस्सँग रहेको छ । त्यसमा किरणसहितको टोली खति खरो उत्रन्छ त्यसका लागि आज साँझसम्म कुर्नुपर्ने हुन्छ ।
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]