7 years ago
December 15, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिग इतिहासको सर्वाधिक गोलकर्ता एलन शेयररले अहिलेको म्यानचेस्टर सिटीको टिमलाई अहिलेसम्म कै उत्कृष्ठ मध्ये एक टोली रहेको दाबी गरेका छन् ।
मध्य सातामा म्यानचेस्टर सिटीले स्वान्सिलाई ४-० ले हराएको थियो । त्यस नतिजासँगै सिटीले प्रिमियर लिगमा लगातार १५ जित दर्ता गरेको हो जुन लिगको नयाँ रेकर्ड पनि हो ।
सिटी प्रिमियर लिगको इतिहासको उत्कृष्ठ मध्ये एक क्लब हो कि होइन भन्ने प्रश्नमा शेयररले त्यसमा कुनै सन्देह नै नरहेको बताए । पूर्व न्युकासल युनाइटेडका शेयररको प्रिमियर लिगमा २ सय ६० गोल छ जुन रेकर्ड छिट्टै तोडिने भने देखिँदैन ।
सिटी यस सिजन लिगमा अपराजित रहेको छ । १७ खेल खेल्दै सिटीले १६ जित दर्ता गरेको छ भने एक बराबरी खेलेको थियो । सिटी अब अपराजित हुँदै लिग जितेर आर्सनलको २००३/०४ सिजनको उपलब्धिलाई दोहोर्याउने होडमा छ । यस साता सिटी अर्को बलियो टोली टोटनह्यामको सामना गर्दै छ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]