7 years ago
December 15, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका मिडफिल्डर तथा वरिष्ठ खेलाडि आन्द्रेस इनिएस्टाले नेयमार रियल म्याड्रिड जाने हल्लाप्रति आफ्नो पनि मत व्यक्त गरेका छन् । इनिएस्टाले नेयमार प्रतिद्वन्दि रियल म्याड्रिड गए उनीसँग रिसाउने र दु:खी हुने बताए ।
नेयमार यसै वर्ष २ सय २२ मिलियन यूरोमा बार्सिलोनाबाट पिएसजी गएका हुन् । तर अहिले उनको पिएसजीबाट फेरी रियल म्याड्रिड जाने हल्ला निकै छाएको छ । आधिकारिक रुपमा नभए पनि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेयमारका बुवासँग कुरा गरिरहेको पनि जनाइएको छ ।
” फुटबलमा जे पनि हुन सक्छ । हामीले नहुन सक्ने घटना पनि भएको देखेका छौं । नेयमार रियल गए म दुखी हुने छु किनभने रियल हाम्रो प्रत्यक्ष प्रतिद्वन्दि हो र नेयमारले उसलाई पक्कै बलियो बनाउने छ ,” इनिएस्टाले बताए ।
इनिएस्टाले क्रिस्टियानो रोनाल्डोले बलोन डि’ओर जिते पनि लियनल मेस्सी नै रोनाल्डोभन्दा राम्रा खेलाडि रहेको पनि इङ्लिस पत्रिका मिररसँगको संवादमा जनाए ।
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]