7 years ago
December 14, 2017
स्वान्सी (एजेन्सी) – स्वान्सी सिटीलाई गए राति ४–० को जितसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा नयाँ कीर्तिमान बर्नाका् छ । लिगमा लगातार १५ खेल जित्दै सिटीले आर्सनलले सन् २००२ मा बनाएको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान बनाएको हो ।
आर्सनलले २००१/२००२ मा लगातार १४ खेल जित्दै कीर्तिमान बनाएको थियो । स्वान्सीसँग खेलमा डेभिड सिल्भाले २ तथा केभिन डी ब्र्युआइन र सर्जियो अगुएरो समान १ गोल गरे । सिटीले २७ औं मिनेटमा सिल्भाको गोलमा अग्रता लिएको थियो । ३४ औं मिनेटमा डी ब्र्युआइनले गोल गर्दै अग्रता दोब्बर पारे ।
५२ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरे भने अगुएरोले ८५ औं मिनेटमा सिटीका लागि चौथो गोल गरे ।जितसंगै सिटीले शीर्षस्थानमा ११ अंकको अग्रता कायम बनाएको छ । सिटीको १७ खेलमा ४९ अंक छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाटेडको ३८ अंक छ । युनाइटेडले रोमेलु लुकाकुको गोलमा बोउर्नेमोथसँग १–० को जित हासिल गरेको हो ।
अन्य खेलमा एभर्टनले न्युक्यासललाई १–० ले, लेस्टर सिटीले साउथह्याप्टनलाई ४–१ ले र टोटेनह्यामले ब्राइटनलाई २–० ले हराया हरायो । लिभरपुल र वेस्ट ब्रोम तथा आर्सनल र वेस्ट ह्याम गोलले गोलरहित बराबरी खेले ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]