default_image

7 years ago

December 14, 2017

बेलको निर्णायक गोलमा रियल क्लब विश्व कपको फाइनल प्रवेश

40 views

0 Bookmark

अबू धाबी (एजेन्सी) – बेन्चबाट मैदान प्रवेश गरेको मिनेट नबित्दै ग्यारेथ बेलले निर्णायक गोल गरेपछि रियल म्याड्रिड क्लब विश्व कपको फाइनल प्रवेश गरेको छ । दुबईको अल जजिरालाई २-१ ले हराउँदै रियल फाइनल पुगेको हो । रियलले फाइनलमा ब्राजिलको ग्रेमियोको सामना गर्नेछ ।

पहिलो हाफमा १-० ले पछि परेको रियलले दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलको गोलमा वापसी गर्दै जित हासिल गरेको हो । खेलको ४१ औं मिनेटमा रोमारिन्होको गोलमा जाजिराले अग्रता लिएको थियो । रियलले पोसेसनमा नियन्त्रण राक्दै १७ प्रहार गरेपनि कासेमेरोको गल्तीको सदुपयोग गर्दै २७ वर्षीय ब्राजिलियन स्ट्राइकरले गोल गरेका थिए ।

दोस्रो हाफमा घरेलु टोलीले दोस्रो गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई अस्विकार गर्यो । बारक बोसौफा अफसाइड भएका कारण अल जजिराको दोस्रो गोल स्वीकार्य रहेन । ५३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै बराबरी दिलाए । लुका मोड्रिकको थ्रु बललाई सदुपयोग गर्दै रोनाल्डोले गोल गरे ।

रियलले निर्णायक गोल गर्ने प्रयासमा थप दबाब दिँदै गर्दा ८१ औं मिनेटमा बेन्जेमालाई परिवर्तन गर्दै मैदान प्रवेश गरेका बेलले मिनेट नबित्दै पहिलो टचमा गोल गरे ।

October 3, 2024

मियामीलाई सपोटर्स शिल्ड

एजेन्सी – लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले सपोटर्स शिल्डको उपाधि जितेको छ। एमएलएस अन्तर्गत बुधवार भएको खेलमा कोलम्बसलाई ३-२ गोलअन्तरले पराजित गरेसँगै मियामीले सपोटर्स शिल्डको उपाधि जितेको हो। एमएलएसमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई सपोटर्स शिल्डको उपाधि दिइने गरिन्छ । यो सिजन राम्रो प्रदर्शन गर्दै शिर्ष स्थानमा रहेको मियामीको यो पहिलो सपोटर्स सिल्ड उपाधि समेत […]

October 3, 2024

लिभरपुल लगातार दोस्रो जित

एजेन्सी – इङ्ग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । घरेलु मैदान एनफिल्डमा बुधवार राति भएको खेलमा लिभरपुलले इटलीयन क्लब बोलोग्नालाई २-० ले पराजित गरेको हो । लिभरपुलको जितमा म्याक एलिस्टर र मोहम्मद सलाहले गोल गरेका थिए । एलिस्टरले ११औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । सलाहले ६५औं […]

October 3, 2024

च्याम्पियन्स लिगमा रियलको हार

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन लिगमा पराजित भएको छ। साविक विजेता रियल बुधवार फ्रान्सेली टोली लिएसँग १-० लेपराजित भएको हो। जोनाथन डेभिडले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। दोस्रो खेलमा लिलको यो पहिलो जित हो भने रियलको पहिलो हार हो। दुवैको समान ३ अंक छ।

Success

Thank you for your time.